No ads found for this position

कोरोना नियन्त्रणका लागि सुनवल नगरपालिकाको सफल अभियान, न्यून आय भएकालाई प्याकेजको तयारी

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत २० गते १२:२५
No ads found for this position
कोरोना नियन्त्रणका लागि सुनवल नगरपालिकाको सफल अभियान, न्यून आय भएकालाई प्याकेजको तयारी
No ads found for this position

नवलपरासी। सुनवल नगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि निकै सफल अभियान चलाएको छ। त्यस अन्तर्गत सुनवल नगरपालिकामा सय बेडको क्वारेन्टाइन निर्माण गरिएको नगरपालिकाका मेयर भीमबहादुर थापा (भरत) ले जानकारी दिए। उनले उक्त स्थानमा २६ जना क्वारेन्टाइनमा बसेको बताए। सबैको अवस्था सामान्य रहको उनले बताए। क्वारेन्टाइनमा धेरैजसो भारतबाट आएका र बाँकी दुबई, कतार, अमेरिका तथा अष्ट्रेलियाबाट आएका छन्। 

उनीहरुको सुरक्षाको जिम्मा प्रहरी महाविद्यालय तालिम केन्द्रले लिएको छ। सबै आर्थिक पाटो नगरपालिकाले गरिरहेको मेयर थापाले बताए। नगरपालिकाले विपद व्यवस्थापन राहत कोष स्थापनासमेत गरेको छ। कोषमा  १४ लाख रुपैयाँ जम्मा भइसकेको मेयर थापाले बताए। कर्मचारीहरु र शिक्षकहरुको एक दिनको तलब, नगरपालिका उपमेयर लगायतको १५ दिनको तथा मेयर थापाले तीन महिनाको तलब दिने निर्णय गरेका छन्।

मेयर थापाले आफू निर्वाचित भएदेखि नै नगरपालिकाको सेवा सुविधा नलिने घोषणा गरेका थिए। उनले नगरपालिकाको गाडीसमेत प्रयोग गर्दैनन्। थापाले यसअघि ८ लाख ४० हजार सुनवल स्वास्थ्यचौकीलाई दिने घोषणा गरिसकेका थिए।

तर गत असोजपछि सर्वोच्च अदालतले सेवा सुविधा रोकेसंगै उनको योजना तुहिएको छ। तैपनि उनले गत साउन, भदौ र असोज गरी तीन महिनाको तलव राहत कोषमा जम्मा गरेका हुन्। मेयर थापा अहिले कोरोना रोक्नका लागि आफूहरु ९८ प्रतिशत सफल भएको दावी गरेका छन्। उनले भने, ‘कोरोना रोक्न समितिहरु बनाएका छौं। ९८ प्रतिशत सफल देखिन्छ।’

थापाका अनुसार सुनवलमा अस्पतालबाहेक सबै सेवा बन्द छन्। उनले भने, ‘शुक्रबारदेखि हल्का खुकुलो बनाउँदै छौं। ११६ जनाको डाटा देखिन्छ। तीन दिनदेखि किटनाशक औषधिहरु हरेक गाउँमा पुगेर छरिरहेका छौं। शनिबार पनि स्वास्थ्यकर्मीहरु स्वास्थ्यचौकी खोलेका छन्। एम्बुलेन्स स्टयाण्डबाई राखेका छौं।’ उनले अब दैनिकी मजदूरी गर्नेको तथ्यांक लिएर राहत बाँड्ने तयारी भइरहेको बताए

प्रकाशित : २०७६ चैत २० गते १२:२५
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI