कोरोना अपडेट : छैठौं संक्रमित पनि बाग्लुङकै; एउटै फ्लाईटका तीन जना संक्रमित

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत २० गते १७:०४
कोरोना अपडेट : छैठौं संक्रमित पनि बाग्लुङकै; एउटै फ्लाईटका तीन जना संक्रमित

काठमाडौं-  कोरोना पोजेटिभ देखिएकी छेटौं बिरामी बाग्लुङकी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।  कतार एअरबाट ४ गते नेपाल आएकी महिला रहेको बुझिएको छ।  

उनी नेपालमा आएपछि बाग्लुङ पुगेकी  थिइन्। बाग्लुङस्थित घरमै क्वारेन्टाइनमा रहेकी उनलाई ज्वरो आएपछि कोरोना आशंका गरिएको थियो। 
त्यसपछि उपचारका लागि काठमाडौं ल्याइएको थियो। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा  उनलाई भर्ना गरेर उपचार थालिएको थियो। 

जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणले उनमा कोरोना संक्रमण रहेको पुष्टि गरेको हो।

कतार एअरबाट आएका दुई युवतीमा यसअघि नै संक्रमण पुष्टि भएर उपचाररत छन्।

प्रकाशित : २०७६ चैत २० गते १७:०४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI