कोरोना अपडेट: मृतकको संख्या ५३ हजार १९०, संक्रमित हुनेको संख्या १० लाख १५ हजार बढी

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत २१ गते ७:३१
कोरोना अपडेट: मृतकको संख्या ५३ हजार १९०, संक्रमित हुनेको संख्या १० लाख १५ हजार बढी

चीनबाट सुरू भइ विश्वभर कोरोना महामारीबाट मृत्यु हुनेको संख्या ५३ हजार नाघेको छ।

शुक्रबार बिहानसम्मको तथ्याँक अनुसार कोरोना संक्रमणबाट मर्नेको संख्या ५३ ह्जार १ सय ९० पुगेको छ।

त्यस्तै, विश्वभर सो रोगबाट संक्रमित हुनेहरुको संख्या १० लाख १५ हजार ४६६ पुगेको छ। अहिलेसम्म  इटालीमा १३ हजार ९ सय १५, स्पेनमा १० हजार ३ सय ४८, अमेरिकामा ६ हजार ७५, बेलायतमा २ हजार ९ सय २१, फ्रान्समा ५ हजार ३ सय ८७, जर्मनीमा १ हजार १ सय ७ जनाको मृत्यु भएको छ।

प्रकाशित : २०७६ चैत २१ गते ७:३१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI