No ads found for this position

नेपाल एयरलाइन्सले ल्यायो चीनबाट स्वास्थ्य सामग्री

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत २१ गते ८:५६
No ads found for this position
नेपाल एयरलाइन्सले ल्यायो चीनबाट स्वास्थ्य सामग्री
No ads found for this position

मेडिकल सामग्री लिन चीनको ग्वाङ्झाओ गएको नेपाल एयरलाइन्सको वाइडबडी जहाज काठमाडौं आइपुगेको छ। नेपाल एयरलाइन्सको ए ३३० जहाज शुक्रबार बिहानीपख करिब ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।

सो जहाजमा चौधरी फाउन्डेसन, नर्भिक लगायतका निजी अस्पतालका सामान रहेको बताइएको छ। तर, त्यसमा के कति सामान छन् भन्नेबारे अझै यकिन भएको छैन।

सो हवाईजहाज निजी अस्पतालका सञ्चालकहरुले कोरोना भाइरस संक्रमितको उपचारका लागि आवश्यक सामग्री लिन चार्टर्ड गरेर चीन लगेका थिए । सो जहाज बिहीबार बिहान साढे ११ बजे काठमाडौंबाट चीनको ग्वाङझाओ प्रस्थान गरेको थियो ।

यसअघि नेपाल सरकारको मेडिकल सामग्री नेपाल एयरलाइन्सकै वाइडबडी जहाजबाट काठमाडौं ल्याइएको थियो । बिना प्रतिस्पर्धा निकै महँगो मूल्यमा उपकरण खरिदको सम्झौता गरिएको भन्दै सरकारको आलोचना भएको थियो ।

त्यसपछि स्वास्थ्य सेवा विभागले ओम्नी विजनेश कर्पोरेट इन्टरनेसनलसँग भएको उपकरण खरिद सम्झौता रद्द गर्ने निर्णय गरेको थियो। स्रोत- अनलाईनखबर डटकम

प्रकाशित : २०७६ चैत २१ गते ८:५६
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI