कोरोनाले मृत्यु हुनेको संख्या ५३ हजार नाघ्यो

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत २१ गते ११:५१
कोरोनाले मृत्यु हुनेको संख्या ५३ हजार नाघ्यो

एजेन्सी । विश्वमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५३ हजार २३५ सय नाघेको छ । भाइरसबाट १० लाख १६ हजारभन्दा बढी संक्रमित भइसकेका छन् । विश्वभर २ लाख १३ हजारभन्दा बढी संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

दक्षिण एसियाली राष्ट्रहरुमा समेत संक्रमितको संख्या बढ्दो छ । पाकिस्तानमा संक्रमितको संख्या २ हजार ४ सय नाघेको छ भने ३४ जनाले ज्यान गुमाएका छन् । त्यस्तै भारतमा दुई हजार ५ सय ४३ जना संक्रमित भएका छन् भने ७२ जनाको मृत्यु भएको छ ।

अमेरिकामा मात्रै संक्रमितको संख्या २ लाख ४५ हजार नाघेको छ भने ६ हजार ९५ जनाको मृत्यु भइसकेको छ । यसैगरी, इटलीमा संक्रमित हुनेको संख्या १ लाख १५ हजार नाघेको छ । त्यहाँ १३ हजार ९ सय १५ जनाको मृत्यु भइसकेको छ ।

संक्रमितको संख्या स्पेनमा १ लाख १२ हजार नाघेको छ । त्यहाँ १० हजार ३४८ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा ९ सय ६१ जनाको मृत्यु भएको छ ।

जर्मनीमा संक्रमितको संख्या ८४ हजार नाघेको छ भने करिब एक हजार १ सय ७ जनाको मृत्यु भएको छ । त्यस्तै फ्रान्समा संक्रमितको संख्या ५९ हजार नाघेको छ भने मृत्यु हुनेको संख्या ५ हजार ३ सय ८७ नाघेको छ ।

इरानमा संक्रमितको संख्या ५० हजार ५ सयभन्दा बढी पुगेको छ भने ३ हजार १ सयभन्दा बढीको मृत्यु भइसकेको छ । बेलायतमा पनि संक्रमण फैलदो क्रममा रहेको छ । त्यहाँ ३३ हजार सात सय भन्दा बढीलाई संक्रमण भएको छ भने २ हजार ९ सय २१ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित : २०७६ चैत २१ गते ११:५१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI