कोरोनाको महामारी रोक्न कावासोती-१२ रुदौलिमा गरियो संसारी माईको पुजा

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत २१ गते २१:३१
कोरोनाको महामारी रोक्न कावासोती-१२ रुदौलिमा गरियो संसारी माईको पुजा


राजु चापागाई/कावासोती ,चैत्र २१

विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड-१९)ले मानवजातीमा सन्त्रास फैलाएको छ । कोरोना भाईरसको महामारीबाट मानव जातिलाई बचाउन विश्वका बैज्ञानिकहरुले मेडिकल साईन्सको सहायतामा विभिन्न खोप तथा औषधिको परिक्षण गरिरहेका छन तर त्यो प्रयासले मुर्त रुप भने पाईसकेको छैन । कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले पनि आफ्नो रणनीतिहरु अख्तियार गरेर देशमा लकडाउन गरिरहेका बेला कावासोती नगरपालिकाको वडा नम्बर १२ पिठौली रुदौलिमा भने कोरोनाको महामारी रोक्नका लागि संसारी माईको पुजा गरिएको छ । साविक पिठौलि गा.बि.स. मा बि .स. २०२० साल तिर विधिवत रुपमा संसारी माईको पुजाको सुरुवात गरिएको थियो । त्यतिबेला पिठौली क्षेत्रमा हैजाको महामारी थियो । हैजाको महामारीले मानिसको ज्यानै समेत लिए पछि संसारी माईको पुजा गर्न सुरु गरिएको स्थानिय अगुवा देबि प्रसाद काफ्ले बताउँछन ।


हैजाको महामारी रोक्न सुरुवात गरिएको संसारी माईको पुजा त्यसको केही बर्ष पछि भने रोकिन पुग्यो । संसारी माईको पुजाका कारणले हैजाको महामारी रोकिएको स्थानियको बिश्वास थियो । त्यही बिश्वासकै आधारमा अहिले फैलिएको कोरोना भाईरसको महामारी रोक्नका लागि लामो समय पछि संसारी माईको पुजा गरिएको हो । पुजा गरिसकेपछि माहामरीको रुपमा फैलिएको सरुवा रोग रोकिने कुरामा स्थानियहरु बिश्वाश राख्छन ।
पहिले हैजाको महामारी रोक्नका लागि सुरुवात गरेको पुजालाई अबका बर्ष देखि धार्मिक परम्परा सङ्ग जोड्ने र प्रत्येक बर्ष पुजाको आयोजना गरिने स्थानिय युवा राजेश काफ्ले बताउँछन । रोगब्याधी नफैलियोस भनि संसारका मानबजातीको दिर्घायुको कामनाका निमित्त पिठौली रुदौलिका ३८ घर मिलेर चौबाटोमा संसारी माईको पुजा गरेका थिए ।

प्रकाशित : २०७६ चैत २१ गते २१:३१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI