अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या सातहजार नाघ्यो

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत २२ गते ९:३५
अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या सातहजार नाघ्यो

एजेन्सी । अमेरिकामा कोरोना भाइरस कोभिड–१९ बाट मृत्यु हुनेको संख्या सात हजार नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीले सार्वजनिक गरेको तथ्यांक अनुसार अहिलेसम्ममा अमेरिकामा मृत्यु हुनेको संख्या सात हजार एक सय ५२ पुगेको हो ।

अहिलेसम्म अमेरिकामा समग्र संक्रमितको संख्या दुई लाख ७७ हजार पुगेको छ । जसमध्ये करिब १० हजार मानिस निको भएर घर फर्केका छन् । चीनको वुहानबाट सुरु भएको कोभिड–१९ को महामारी अहिले विश्वभर फैलिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा भाइरस नियन्त्रणको जिम्मा सम्बन्धित राज्यका गभर्नरलाई सुम्पिएको बताएका छन् । यसअघि उनले भाइरस नियन्त्रणका लागि उचित कदम नचालेको भन्दै उनको आलोचना हुँदै आएको थियो ।

अमेरिका कोभिड–१९ बाट सबैभन्दा धेरै प्रभावित हुने मुलुक बनेको छ । अहिले विश्वभर कोभिड–१९ बाट संक्रमित हुने मानिसको संख्या १० लाख ९८ हजार नाघेको छ भने अहिलेसम्म मृत्यु हुने मानिसको संख्या ५८ हजार नौ सय नाघेको छ ।

प्रकाशित : २०७६ चैत २२ गते ९:३५
Copyright © 22 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI