No ads found for this position

थप ३ जनामा कोरोना देखिए पछि नेपालमा कोरोना संक्रमितको संख्या ९ पुग्यो

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत २२ गते १३:२५
No ads found for this position
थप ३ जनामा कोरोना देखिए पछि नेपालमा कोरोना संक्रमितको संख्या ९ पुग्यो
No ads found for this position

भारतबाट फर्किएका दुई जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। भारतको मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूषलाई कोरोना भाइरस देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
त्यस्तै, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूषलाई पनि कोरोना भाइरस पुष्टि भएको छ।

त्यस्तै, यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त एक जना महिलामा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
सेती प्रादेशिक अस्पताल धनगढीका अनुसार तीनै जना आइसोलेसनमा छन्। उनीहरूको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। संक्रमित महिला चौथो संक्रमित व्यक्तिका भाउजू हुन्। संक्रमित व्यक्ति युएईबाट नेपाल आएका थिए। योसँगै नेपालमा कोरोनाको संक्रमित संख्या नौ पुगेको छ। योसँगै पहिलो पटक नेपालभित्रै अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पनि पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

प्रकाशित : २०७६ चैत २२ गते १३:२५
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI