कावासोती नगरपालिकाको विपद व्यवस्थापन कोषमा लामिचौर उपभोक्ता समितिको ६० हजार बराबरको खाद्यान्न सहयोग
NAWALPUR TIMES प्रकाशित : २०७६ चैत २२ गते १७:०६
No ads found for this position
No ads found for this position
कावासोती । चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र लामिचौर उपभोक्ता समितीले लक डाउनको कारण दैनिक खाद्यान्नको अभाव भएका परिवारका लागि राहत वितरणको लागि कावासोती नगरपालिकाको विपत व्यवस्थापन कोषमा ६० हजार बराबरको खाद्यान्न सहयोग गर्ने भएको छ । छ । कावासोती नगरपालिका वडा नं ७, १०, ११ , १२ र १३ नं वडा कार्यालय मार्फत नगर स्तरीय विपद व्यवस्थापन समितिले तोकेको मापदण्ड बमोजिम वितरण गर्ने गरि राहत हस्तान्तरण गरिने लामिचौर उपभोक्ता समितिका अध्यक्ष वासुदेव पौडेलले जानकारी दिए । आज लामिचौर उपभोक्ता समितिको कार्यालयमा नगर उपप्रमुख तथा विपद व्यवस्थापन समितिका संयोजक प्रेमशंकर मर्दनियालाई सो रकम बराबरको खाद्यान्न सहयोग गर्ने प्रतिबद्ध पत्र हस्तान्तरण गरिएको अध्यक्ष पौडेलले बताए ।
Facebook Comment