No ads found for this position

कावासोती १२ र १३ मा राहत सामाग्री वितरण

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत २२ गते १७:१५
No ads found for this position
कावासोती १२ र १३ मा राहत सामाग्री वितरण
No ads found for this position

कावासोती । कावासोती नगरपालिका वडा नं १३ ले शनिबार खाद्य सामाग्री बितरण गरेको छ । कावासोती नगरपालिका वाड न १३ का वडाध्यक्ष बिनोद राना को नेतृत्व एव लामिचौर मध्यवर्ती उपोभोक्त समितिका अध्यक्ष बासु पौडेल को उपस्थिति मा वडा भित्र रहेका गरिव विपन्न एव दैनिकी ज्यालामज्दुरी गरी छाक टार्ने अति बिपन्न परिवारलाई खाद्य सामाग्री बितरण गरेको हो ।

वडा भित्र रहेका ८५ घर परिवारलाई राहात स्वरुप खाद्य सामाग्री बितरण गरिएको हो । दैनिक ज्याला मज्दुरी गरी आफ्नो गुजारा गरिरहेका परिवारलाई सरकारले कोरोना सङ्क्रमण रोक्न को लागि गरियको लक डाउन को समयमा सहज होस भनि प्रत्येक घर परिवारलाई १५ केजी चामल,२ केजी दाल,१ पोका तेल,१ पोका नुन र १ साबुन बितरण गरिएको वडा अध्यक्ष रानाले जानकारी दिएका छन ।
यसै गरि नेपाल सरकारले गरेको लकडाउनको समयमा विपन्न तथा ज्यालादारी वर्गका व्यक्तिहरुलाई कावासोती १२ ले पनि अाज राहत वितरण गरेको छ । कावासाेति नगरपालिकाबाट राहत लाई नगरपालिका द्वारा तयार पारिएकाे मापदण्ड अनुसार प्रती घर परिवार १५ केजि चामल, २ केजि दाल , १ पाेका नुन र १/२ लिटर तेल र १ वटा सावन हस्तान्तरण गरिएकाे वडा नम्बर १२ का वडा अध्यक्ष खेम प्रसाद काफ्लेले जानकारी दिए ।

राहत वितरण मापदण्ड निर्धारण भित्र परेका वडा नम्बर १२ का ५० घर परिवार र ३ अाश्रम र मन्दिर गरि ५३ घर परिवारलाई राहत हस्तान्तरण गरेकाे वडा अध्यक्ष काफ्लेले जानकारी दिए ।

कावासोती नगरपालिकाले राहत बितरणकालागि रकम विनियोजन गरे संगै वडा वडाका विपन्न ,दैनिक ज्याला मजदुरी गर्ने घर परिवारलाई खाद्य सामाग्रि बितरण गर्न शुरु गरिएको हो ।

प्रकाशित : २०७६ चैत २२ गते १७:१५
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI