खाद्यान्नको अभाव भएका परिवारलाई सापकोटाको सहयोग

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत २२ गते १८:२८
खाद्यान्नको अभाव भएका परिवारलाई सापकोटाको सहयोग

नवलपुर ड्राईभिङ ब्यबसायी संघका अध्यक्ष प्रबिन सापकोटाले लकडाउनका कारण दैनिक खाद्यान्नको अभावमा गुज्रिरहेका परिवारलाई आफ्नो तर्फबाट सहयोग गरेका छन्।

प्रबिनको पुरानो ड्राईभिङ सेन्टरका संचालक समेत रहेका सापकोटाले कावासोती नगरपालिका मार्फत शनिवार व्यक्तीगतरुपमा १२ हजार रुपैँया सहयोग प्रदान गरेका हुन्। उनले १० घर परिबारलाई पुग्ने गरि सहयोग गरेको बताए ।

शनिवार दिउँसो कावासोती नगरपालिका कार्यालय पुगेर उनले उपमेयर प्रेमशंकर मर्दनीयालाइ सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्। लकडाउनका कारण कतिपय विपन्न र दैनिक ज्यालामजदुरी गर्ने परिवारको घरमा चुल्हो बल्न नसकिरहेको बेला मेरो सानो सहयोगले केही राहत मिलोस भन्ने उद्देश्यले सहयोग गरेको उनले बताए।

प्रकाशित : २०७६ चैत २२ गते १८:२८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI