No ads found for this position

लकडाउनमा यात्रु बोक्ने एम्बुलेन्स नियन्त्रणमा

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत २२ गते १८:५६
No ads found for this position
लकडाउनमा यात्रु बोक्ने एम्बुलेन्स नियन्त्रणमा
No ads found for this position

लकडाउनको अवधिमा बढी पैसा कमाउने उदेश्यले बिरामी छाडेर यात्रु बोकेका ३ वटा एम्बुलेन्सलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पूर्वपश्चिम महेन्द्र राजमार्गको चन्द्रपुरमा यात्रुु बोकेको अवस्थामा ती एम्बुृलेन्सलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

नियन्त्रणमा रहेकामध्ये २ वटा नीजि र एउटा रेडक्रस सोसाइटी सर्लाही उपशाखा हिरापुरको रहेको बताइएको छ । काठमाडौंबाट यात्रुुसहित हरिऔन आउँदै गरेको ज १ च १३४४, सर्लाहीको बरथहवाबाट यात्रु लिएर वीरगन्ज हिँडेको ना १ च ९१९६, सर्लाहीको नवलपुरबाट वीरगञ्ज जाँदै गरेको ना २ च ९९७७ नम्बरको एम्बुलेन्स र चालक समेतलाई नियन्त्रणमा लिएको डिएसपी हेमशहादुर शाहीले जानकारी दिए ।

अन्य दिनको तूलनामा राजमार्गमा एम्बुलेन्स बढी चलेको देखेपछि प्रहरीले चेकजाँचलाई कडा पारेको छ।रौतहटमा कुनै पनि बिरामीलाई अस्पताल लैजानुपरे एम्बुलेन्स चालकले प्रहरीलाई अनिवार्य जानकारी गराउनुपर्ने व्यवस्था रहेको जिल्ला प्रहरी प्रमुख एसपी रविराज खडकाले बताए । स्रोत- रातोपाटी डटकम

प्रकाशित : २०७६ चैत २२ गते १८:५६
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI