No ads found for this position

गैंडाकोट ५ को वडा सन्जालद्वारा वडाबासीमा सचेतना अपनाउन आग्रह,सरकारको निर्देशन पालना गर्न सुझाव ।।

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत २३ गते २०:४६
No ads found for this position
गैंडाकोट ५ को वडा सन्जालद्वारा वडाबासीमा सचेतना अपनाउन आग्रह,सरकारको निर्देशन पालना गर्न सुझाव ।।
No ads found for this position

अजय पौडेल, चैत २३ गैंडाकोट

गैंडाकोट वडा नम्बर ५ को वडा सन्जालले सम्पुर्ण वडाबासीलाइ कोरोना भाइरसले महामारी फैलाइरहेको सन्दर्भमा सचेत रहन आग्रह गरेको छ।

वडा सन्जालका सचिव गोबिन्द प्रसाद पौडेलले आज एक आग्रह जारी गर्दै सबै टोलबासीहरुलाइ सरकारको निर्देशनको पालना गर्न पनि आग्रह गर्नुभएको छ।

अत्यावश्यक कामबाहेक अन्य समयमा घरबाहिर ननिस्कन आग्रह गर्दै पौडेलले फोनबाट समाधान हुने कामहरुलाइ टोल बिकास संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु साथै वडा सन्जाललाई सम्पर्क गर्न आग्रह गर्नुभएको छ। साथै जनचेतना फैलाउने कार्यमा सबै टोल बिकास संस्थाका सदस्यहरु लाग्नुहुन पनि पौडेलले आह्वान गर्नुभएको छ।

बेलाबेलामा साबुन पानीमे हात धुने, योगा तथा अन्य शारीरिक अभ्यास गर्ने,सकारात्मक सोच्नुका साथै आत्मबल बढाउने,मास्क तथा सेनिटाइजरको प्रयोग गर्ने, प्रशस्त पानी पिउने, अपरिचित ब्यक्ति टोलमा आए साबधानिका उपाय अबलम्बन गर्ने लगायतका कामहरु गर्न टोल बिकास संस्था संन्जाल गैंडाकोट ५ ले आग्रह गरेको छ।

सरकारले जारी गरेको निर्देशनलाई आजसम्म पालना गरेकोमा धन्यवाद दिदै पौडेलले अन्य सरकारी निर्णय पनि पालना गर्नेमा आफू बिश्वस्त रहेको बताउनुभएको छ। सांझ तथा बिहानमा चोक तथा सडकमा मानिसको हुने चहलपहललाई कम गर्न पनि सचिव पौडेलले आग्रह गर्नुभएको छ।

सबैको सहयोग र साथले बिश्वब्यापी कोरोना भाइरसको महामारीमा मानव जातिको बिजय हुनेमा टोल बिकास संस्था संन्जाल गैंडाकोट ५ आशाबादी रहेको पनि पौडेलले बिश्वास व्यक्त गर्नुभएको छ ।

प्रकाशित : २०७६ चैत २३ गते २०:४६
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI