गैंडाकोट जेसिजद्वारा गैंडाकोट ३ का ४२ घर परिवारलाई राहत हस्तान्तरण

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत २३ गते २१:३८
गैंडाकोट जेसिजद्वारा गैंडाकोट ३ का ४२ घर परिवारलाई राहत हस्तान्तरण

अजय पौडेल, चैत्र २३ गैँडाकोट

देश लकडाउनमा छ, कोरोना भाइरसका संक्रमीत बढेको अवस्था छ। यस्तो बेला दैनिक ज्याला मजदुरी गरेर आफ्नो परिवार पाल्नेहरुको पिरलो बेग्लै छ, यो अवधिमा घरभित्रै बस्नु परेको छ। आयस्रोत केही छैन नत खेती किसानी नै। यस्तो अवस्थामा बिपन्न परिवारलाई बिहान बेलुकाको छाक टार्न धौधौ परेको छ।

गैंडाकोट जेसीजका युवाहरु भने कहिले कोरोना सम्बन्धी सचेतनाको कार्यक्रममा जुटेका छन त कहिले राहत बितरण कार्यक्रममा। यस्तै मानवीय कार्य अन्तर्गत आज गैंडाकोट जेसीजले गैंडाकोट नगरपालिका वडा नम्बर ३ स्थित केलादीमा खाद्यान्न राहत सामग्री वितरण छ।

गैंडाकोट जेसीजका सदस्यहरु बाट संकलन गरिएको पैसाले ४२ घर परिवारलाई ५५ हजार बराबरको खाद्यान्न लिएर गैंडाकोट जेसीजका युवाहरु केलादी पुगेर राहत बाडेका हुन।

गैंडाकोट वडा नम्बर ३ संगको समन्वयमा वडा अध्यक्ष शिवकान्त तिवारी संगै उक्त गाउँ पुगेर राहत बाड्नुका साथै कोरोना सम्बन्धि सचेत रहन सबैलाई आग्रह गरिएको थियो। जेसिजले राहत प्रदान गरिएको परिवारका सदस्यहरुलाइ कोरोना संग बच्न अपनाउनु पर्ने कुराहरुको बारेमा वडा अध्यक्ष शिवकान्त तिवारी, गैंडाकोट जेसीजका सस्थापक अध्यक्ष जेसी बद्री सापकोटा, नेपाल जेसीज वर्ष २०२० का कार्यकारिणी उपाध्यक्ष जेसी गोकुल सापकोटा र गैंडाकोट जेसीज वर्ष २०२० का अध्यक्ष जेसी सुशील काफ्लेले जानकारी गराउनु भएको थियो।

यो बिपत्तिको बेला गैंडाकोट जेसीज बिपन्न परिवारको दैनिकीलाई कसरी सामान्य बनाउन सकिन्छ, भोकै बस्नु पर्ने अवस्था आउनु हुँदैन भनेर अगाडि बढेको र स्थानीय वडा तह संगको समन्वयमा हरेक आवश्यकतामा सहयोगी भएर अगाडि बढ्ने अध्यक्ष जेसी सुशील काफ्लेले बताउनुभयो ।

प्रकाशित : २०७६ चैत २३ गते २१:३८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI