No ads found for this position

कोरोना महामारी: राहत बुझ्नेकै घर मालिकसँग भेटियो २५ लाख रुपियाँ

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत २४ गते ७:४७
No ads found for this position
कोरोना महामारी: राहत बुझ्नेकै घर मालिकसँग भेटियो २५ लाख रुपियाँ
No ads found for this position

झापाको कनकाई नगरपालिका ४ सुरुङ्गामा एक जना राहत बुझ्नेकै घरभित्र २५ लाख रुपियाँ नगद फेला परेको छ।

कनकाई ४ को सुकुम्बासी वस्तीमा बसोवास गर्ने ५१ वर्षीय ठाकुरसिंह राईको घर आगलागी हुँदा उनको घरबाट नौ लाख र ५ सय दरका नोट र ६ लाखजति जलेका तर नम्बर भएकाले बैंकमा साट्न मिल्ने दरका नोट फेला परेको हो।

राईका अनुसार घरमा २४ लाख ५० हजार भन्दा बढी नगद, डेढ तोला सुन र १८ तोला चाँदी रहेको थियो। प्रहरी, रेडक्रसकर्मी, सामुदायिक वनका पदाधिकारी लगायतले सो रकम र १८ तोला चाँदी फेला पारेका थिए।

हाल सो रकम इलाका प्रहरी कार्यालय सुरुङ्गामा राखिएको छ। प्रहरीले रकमको स्रोत खोज्ने काम गरिरहेको जनाएको छ ।
शनिबार साँझ कनकाई सामुदायिक वन क्षेत्रहाताभित्र रहेको घरमा आगलागी हुँदा राईसहित अन्य दुई घर अमृता श्रेष्ठ र झकडबहादुर दर्जी समेतको घर जलेको थियो। आगो राईको घरबाट सुरु भएको थियो।

राईले शुक्रबार मात्रै कनकाई नगरपालिका ४ नम्बर वार्ड कार्यालयबाट कोरोना विपतको राहत बुझेर ल्याएका थिए।
उनले बुझेर ल्याएको राहत समेत जलेको थियो। राई बजारमा फालिएका प्लाष्ट्रिकका वोटल टिपेर गुजारा गर्ने गरेको थिए भने उनी सामुदायिक वनको जमिनमा सुकुम्बासीका रुपमा बसोबास गर्दै आएका थिए।

सुकुम्बासीका नाममा हुकुमबासीले वनको जग्गामा छाप्रो हालेर बसेको उक्त घटनाले प्रमाणित गरेको कनकाई सामुदायिक वन समुहका अध्यक्ष ख्यामप्रसाद ओलीले बताउनुभयो ।

लक डाउनका कारण बजारमा प्लाष्ट्रिकको बोटल खोज्न नपाएको भनेकाले आफूहरुले वार्डवाट राहत दिएको जनप्रतिनिधी रोशान सुवेदीले बताउनुभयो । राई लगायातको घरको आगो दकम नगरपालिकाको दमकल, प्रहरी र स्थानीयवाशी मिलेर नियन्त्रणमा लिइएको थियो भने जनप्रतिनिधि, प्रहरी र रेडक्रसकर्मीलाई राईको घरमा फेला परेको पैसा गन्न समेत ३ घण्टा लागेको थियो ।

प्रहरीका अनुसार राईले आफूले सो रकम आफ्नो जग्गा विक्रीबाट १२ लाख र त्यही रकमलाई गाउँमा ब्याजमा लगाएर जम्मा गरेको बताएका छन्। राई लगायत १२ घर सो सामुदायिक वनको जमिनमा वाढी पीडितको नाममा विगत ७ वर्षदेखि बस्दै आएका छन्। स्रोत- नेपाल लाईभ

प्रकाशित : २०७६ चैत २४ गते ७:४७
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI