अमेरिकाको न्युयोर्कमा रहेका चारजना नेपालीको शनिबार कोरोनाका कारण मृत्यु भएको छ। यसअगाडि ५० वर्षीय अनिल लिम्बूको निधन भएको थियो। योसँगै अमेरिकामा कोरोनाका कारण निधन हुने नेपालीको सङ्ख्या पाँच पुगेको छ।
शनिबार थप चार जनाको निधन भएको हो। यसरी निधन हुनेमा ४० वर्षीय सोनाम लामा, ४८ वर्षीय थोक्मे विष्ट, निमा टेम्बा शेर्पा र अजयमान छोचु छन्। सबै न्युयोर्कमा बस्दै आएका थिए।
निधन भएकाको परिवार र स्थानीय सङ्घसंस्थाका प्रतिनिधिसँग समन्वय गरेर अन्तिम संस्कार गरिने अमेरिकाको मेरिल्यान्ड राज्यसभाका विधायक ह्यारी भण्डारीले जानकारी दिए। स्रोत- नेपाल लाईभ
प्रकाशित : २०७६ चैत २४ गते ७:५४
No ads found for this position
Facebook Comment