कोभिड संक्रमितको संख्या १२ लाख ७३ हजार नाघ्यो, ६९ हजार बढिको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत २४ गते ८:०८
कोभिड संक्रमितको संख्या १२ लाख ७३ हजार नाघ्यो, ६९ हजार बढिको मृत्यु

कोरोना भाइरस (कोभिड १९) का कारण सोमबार विहान यो समाचार तयार गर्दासम्म १२ लाख ७३ हजार ५०५ जना मानिस संक्रमित भएका छन्।

कोभिड १९ का कारण ६९ हजर ४ सय ५१ जनाको मृत्यु भएको छ भने दुई लाख ६२ हजार ३५१ मानिस निको भएर घर फर्किएका छन्।

इटलीमा दुई हप्तापछि कोभिड १९ का कारण मृत्यु हुनेको संख्यामा कमी आएको छ। आइतबार इटलीमा ५ सय २५ जनाको मृत्यु भएको छ। साथै ४३१६ नयाँ संक्रमित थपिएका छन्।

१९ मार्च यता इटलीमा २४ घण्टाको अन्तरालमा मृत्यु हुने यो सबैभन्दा कम संख्या हो। इटलीमा कोभिड १९ संक्रमणका कारण अहिलेसम्म संक्रमितको संख्या १ लाख २८ हजार ९४८ रहेका छन्। १५ हजार ८ सय ८७ जनाको मृत्यु भइसकेको छ भने २१ हजार ८ सय १५ निको भई घर फर्केका छन्।

प्रकाशित : २०७६ चैत २४ गते ८:०८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI