चिडियाखानाको बाघमा कोरोना भाइरस संक्रमण पुष्टी

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत २४ गते ८:१९
चिडियाखानाको बाघमा कोरोना भाइरस संक्रमण पुष्टी

जंगली जनाबर बाघमा पनि कोरोना भाइरस संक्रमण देखिएको छ। न्यूयोर्कको एक चिडियाखानामा रहेको बाघमा परीक्षण गर्दा भाइरस संक्रमण पुष्टी भएको हो।

विभिन्न सञ्चार माध्यमहरुमा जनाइए अनुसार चिडियाखानामा रहेका कर्मचारीबाट बाघमा भाइरस संक्रमण भएको हो।

चिडियाखानामा राखिएको बाघका साथै सिंहलाई सुख्खा खोकी लागेको थियो। खोकी जाँच्ने क्रममा कोरोना भाइरस लागेको पुष्टी भएको जनाइएको छ।

चार वर्षको पोथी बाघमा संक्रमण देखिएको र त्यहाँ रहेका अरु जनावरहरुमा पनि परीक्षण भइरहेको समाचारमा उल्लेख छ।चमेरोबाट मानिसमा सरेको विश्वास गरिएको कोरोना भाइरस यसअघि कुकुर र बिरालोमा संक्रमण भएको पाइएको थियो।

प्रकाशित : २०७६ चैत २४ गते ८:१९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI