No ads found for this position

कोरोना लागेर मृत्यु हुनेलाई छिन्नमस्ता गाउँपालिकाले १५ लाख दिने

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत २४ गते २०:०३
No ads found for this position
कोरोना लागेर मृत्यु हुनेलाई छिन्नमस्ता गाउँपालिकाले १५ लाख दिने
No ads found for this position

सप्तरीको एक गाउँपालिकाले कोरोना भाइरस (कोभिड–१९) महामारीमा ज्यान गुमाउनेको परिवारलाई १५ लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको छ ।

कोरोनाको महामारी नियन्त्रणमा खटिएकाको उक्त भाइरसका कारण ज्यान गएमा १५ लाख रूपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको गाउँपालिकाले जनाएको छ।

जिल्लाको छिन्नमस्ता गाउँपालिकाले क्वारेन्टाइनमा खटिएका जनप्रतिनिधि, कर्मचारी र दलका कार्यकर्ताको कोरोनाबाट ज्यान गएमा १५ लाख रूपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको हो। कोरोना नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीबारे भने गाउँपालिका मौन छ ।

लकडाउनका समयमा समस्यामा परेका सर्वसाधारणका लागि आवश्यक सामग्री खरिद गर्ने निर्णय पनि गाउँपालिकाले गरेको गाउँपालिका उपाध्यक्ष उषा मण्डलले जानकारी दिइन् ।

प्रकाशित : २०७६ चैत २४ गते २०:०३
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI