No ads found for this position

कांग्रेसले सुरु गर्‍यो कोरोनाको स्व-परीक्षण वेब एप

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत २४ गते २०:१५
No ads found for this position
कांग्रेसले सुरु गर्‍यो कोरोनाको स्व-परीक्षण वेब एप
No ads found for this position

नेपाली कांग्रेसले कोरोना भाइरसको स्व-परीक्षणका लागि वेब एप सञ्चालनमा ल्याएको छ। कोभिड–१९ स्व-परीक्षण वेब एप सोमबारबाट संचालनमा ल्याइएको सूचना, संचार तथा प्रचार विभागले सार्वजनिक गरेको हो।

स्व-परीक्षणका लागि वेब एप प्रयोगकर्ताले विभिन्न चरण पार गर्नुपर्ने हुन्छ। स्व-परीक्षणका लागि प्रवेश गरेसँगै प्रदेश छनोट गर्नुपर्ने हुन्छ। त्यस लगत्तै कोरोनाका संक्रमण भएपछि देखिने लक्षण उल्लेख गरिएको छ। आफूमा ती लक्षण देखिएमा टिक लगाउँदै जानुपर्ने हुन्छ। लक्षणहरु कोरोनासँग मिल्दोजुल्दो भए स्वाथ्यसंस्थामा सम्पर्क गर्न अनुरोध कांग्रेसले गरेको छ। चिकित्सकहरूको परामर्शमा निर्मित एपले लक्षणका आधारमा भौतिक परीक्षण जरुरी रहे/नरहेको सुझाव दिइनेछ।

एप प्रवेश गरी सबै चरण पार गरेपछि कुनै पनि स्वास्थ्य समस्या आए चिकित्सकीय परामर्शका लागि डा अन्जनी झा, डा अनिलविक्रम कार्की, डा वासुदेव पाण्डेय र डा अशेष ढुंगाना खटिएका छन्।

एपमा कोरोना संक्रमितको नेपालसहित विश्वको संख्या समेत अपडेट गरिने भएको छ। डब्लुएचओ र सिडिसीको मापदण्डअनुसार एप तयार भएको प्रचार विभागले जनाएको छ।

प्रकाशित : २०७६ चैत २४ गते २०:१५
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI