गैडाकोटमा लकडाउन उल्लंघन गर्ने पाँच मोटरसाइकल नियन्त्रणमा

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत २४ गते २०:३६
गैडाकोटमा लकडाउन उल्लंघन गर्ने पाँच मोटरसाइकल नियन्त्रणमा

डोलराज रानाभाट, गैडाकोट, २४ चैत्र

मन्त्रिपरिषदको आज बसेको बैठकले लकडाउन वैशाख ३ गतेसम्म लम्व्याउने निर्णय गरेको छ। भोलि चैत्र २५ गते राति १२ बजेसम्मका लागि गत चैत्र १६ गते वसेको मन्त्रिपरिषद वैठकले लम्व्याउने निर्णय गरेको थियो।

आज पुन अवधि थपिएको छ। लकडाउनको म्याद थपसँगै इलाका प्रहरी कार्यालय गैडाकोटले पनि थप कडाई गरेको छ। आज मात्रै लकडाउन उल्लघंन गर्ने मोटरसाइकललाई नियन्त्रणमा लिन सुरु गरिएको प्रमुख प्रहरी निरीक्षक चन्द्रवहादुर थापाले जानकारी दिनुभयो। अत्यावश्यक काममा हिँडेको रहेछ भनेमात्रै छाडिएको अन्यथा नियन्त्रणमा लिने गरिएको उहाँले बताउनुभयो।

यसैविच लकडाउनका समय खाली सडकमा ट्राफिक नियम उल्लघन गर्ने ५ वटा सवारीलाई आज कारवाही गरिएको छ। पाँचै वटै सवारी तरकारी वोक्ने भएको र खाली सडक देखेर ओभर स्पीडमा संचालन गरेका कारण नियन्त्रणमा लिएर सम्झाई वुझाई छाडेको प्रहरी निरीक्षक थापाले जानकारी दिनुभयो।

खाली सडक देखेर ट्राफिक नियम नै उल्लघंन गरी सवारी चलाएका चालक पनि प्रहरीको निगरानीमा रहने थापाले प्रष्ट पार्नुभयो। सवै कानुन र नियममा संचालन हुन आग्रह गर्दै थापाले लकडाउनमा घरवाट वाहिर ननिस्कन आग्रह गर्नुभयो।

नगरपालिकाले हिजो मात्र साँझपख मानिसको चहलपहल हुन थालेपछि अपरान्ह ४ बजेपछि औषधि वाहेक सवै पसल वन्द गर्ने निर्णय गरेको थियो। जसको कार्यान्वयनका लागि इलाका प्रहरी कार्यालयले निगरानी गरिरहेको र हिजो भन्दा आज मुभमेन्ट कम भएको बताउनुभयो।

प्रकाशित : २०७६ चैत २४ गते २०:३६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI