भैरहवामा प्रयोगशालामा पहिलो पटक कोरोना परीक्षण, आशंका गरिएका १० को रिर्पोट सार्वजनिक

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत २४ गते २०:५६
भैरहवामा प्रयोगशालामा पहिलो पटक कोरोना परीक्षण, आशंका गरिएका १० को  रिर्पोट सार्वजनिक
doctor in the laboratory with a blood tube for analysis and sampling of Coronavirus under the microscope / microbiologist with a tube of blood analyzed under a microscope and contaminated by Coronavirus with label covid-19

कोभिड –१९ को प्रयोगशाला परीक्षणका भैरहवामा स्थापित प्रयोगशालामा आज पहिलो दिन नौ नमूना परीक्षण भएको छ।

प्रयोगशालामा आज संकलित २८ नमूना स्वाबको परीक्षण भएको प्रदेश जनस्वास्थ्य प्रयोेगशालाका निमित्त प्रमुख डा राजेन्द्रकुमार गिरीले जानकारी दिनुभयो।

रुपन्देहीको भैरहवास्थित गहुँबाली अनुसन्धान केन्द्र परिसरमा आइतबार बेलुकीदेखि प्रयोगशाला सञ्चालनमा आएको हो। सो दिन पहिलो रिपोर्ट पनि नेगेटिभ आएको थियो।  डा गिरीका अनुसार आइतबार र आज संकलन भएका २९ मध्ये १० परीक्षण गरिएको र सबै रिपोर्ट नेगेटिभ आएका छन्।

प्रयोगशाला सञ्चालनमा आएपछि दैनिक १५ जनासम्मको परीक्षण गर्न सकिने भएपछि आजदेखि प्रयोगशाला प्रदेश नं ५ का स्वास्थ्य केन्द्रले कोरोना परीक्षणका लागि बिरामीको स्वाब संकलन गरी पठाउन थालेका छन्।   प्रयोगशालामा जडित उपकरणको डिसइन्फेक्ट गरी स्ट्यान्डर्ड टेष्ट गरेर परीक्षण आइतबारदेखि शुरु भएको हो।

प्रयोगशालाको गुणस्तर तथा मापदण्ड परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले विष्णु रायमाझीलाई तथा प्रदेश जनस्वास्थ्यले प्रयोगशाला सञ्चालनका लागि लुम्बिनी प्रादेशिक अस्पतालबाट थप दुई जनालाई तोकेका छन्।  प्रदेश नं ५ मा भैरहवाको अतिरिक्त दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपालगञ्जको भेरी अस्पतालमा समेत प्रयोगशाला स्थापना गरी कोरोना भाइरसको परीक्षण शुरु गर्ने तयारीमा छ।  प्रयोगशालामा संघीय सरकारले पठाएको पिसिआर मेशिनबाट कोरोना परीक्षण हुने छ। 

प्रकाशित : २०७६ चैत २४ गते २०:५६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI