No ads found for this position

सरकारले कोरोना नियन्त्रणका लागि सातै प्रदेशमा टोली खटायो

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत २४ गते २१:०६
No ads found for this position
सरकारले कोरोना नियन्त्रणका लागि सातै प्रदेशमा टोली खटायो
No ads found for this position

कोरोनाभाइरस (कोभिड १९)को पहिचान र उपचारका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै प्रदेशमा जनशक्ति परिचालनका लागि कर्मचारीको टोली खटाएको छ। त्यस्तै प्रदेशमा भएका बन्दोबस्ती जनशक्ति र समान परिचानल गर्न लागि कर्मचारी खटाएको हो।

स्वास्थ्य मन्त्रालयले खटाएको टोलीले तीन दिनमा अनुगमन गरि मन्त्रालयमा प्रतिवेदन बुझाने छ। सरकारी तथा निजी स्वास्थ्य संस्थाको क्षमताअनुसार काम लगाउने छ।
ती स्वास्थ्य संस्थाहरुमा जनशक्ति नपुगेको खण्डमा केन्द्रीय तहमा समन्वय गरेर प्रदेश तहमा जनशक्तिको परिचालन तथा पहिचान गर्ने काम केन्द्रबाट खटाएका ११ औँ तहका कमर्चारीले गर्ने मन्त्रालयले जनाएको छ। 

यस्तै जनशक्तिनपुगेको खण्डमा करार सेवा र स्वंयमसेवककालिने व्यवस्थागर्ने जिम्मेवारी समेत सो टोलीलाई दिइएको छ । मन्त्रालयको सचिवस्तरीय बैठकले सातै  प्रदेशमा तीन सदस्य टोली पठाउने निर्णय गरेको हो।
 
मन्त्रालयले बागमती प्रदेशमा यशोदा अर्याल, रोशनी तुईतुइ र विजयक्रान्ति शाक्य छन्। यस्तै प्रदेश १ मा डाक्टर सुधा देवकोटा, राजकुमार पोखरेल र चित्राखनाल छन्।

प्रदेश २ मा मोहम्मद दाउद, डाक्टर प्रकाश साह र बाबुराजा अमात्य रहेको छन। उता गण्डकी प्रदेशमा डाक्टर तारा पोखरेल, मदनकुमार श्रेष्ठ र सुदिप आलेमगर छन। प्रदेश ५ मा डाक्टर रमेश खरेल, केशव पण्डित र रविकान्तमिश्रको टोलीलाई खटिएको छ। 

कर्णाली प्रदेशमा डाक्टर अनुज भट्टचन, डाक्टर फणीन्द्र बराल, उत्तमकोईरालाको खटिएको छ । 

सुदुरपश्चिम प्रदेशमा भने डाक्टर भिमसिंह तिंकरी, डाक्टर रामराजपन्थि  र रामबहादुर नेपालीसहितको टोलीसचिवस्तरिय बैठकले  निर्णय गरेको हो। स्रोत रातोपाटी डटकम

प्रकाशित : २०७६ चैत २४ गते २१:०६
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI