कपिलवस्तुमा आइसोलेसनमा राखिएका बिरामीको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत २५ गते ६:१९
कपिलवस्तुमा आइसोलेसनमा राखिएका बिरामीको मृत्यु

कोरोना आशंकामा कपिलवस्तु अस्पतालको आइसोलेशनमा उपचारत एक बिरामीको मृत्यु भएको छ। शुक्रबारदेखी अस्पतालको आइसोलेसनमा राखिएका  कपिलवस्तु विजयनगर गाउँपालिका– २ जलैयाका ३० वर्षीय गोर्बद्धन भरको हिजो साँझ ८ बजे मृत्यु भएको अस्पतालका मेडिलक सुपरिटेन्डेन्ट डा. किशोर बन्जाडेले जानकारी दिए।

फोक्सो र मुटुले काम गर्न छाडेपछि भरको मृत्यु भएको उनले जानकारी दिए। भरको स्वाब परीक्षणका लागि बुटवलमा ल्याइए पनि अझै रिपोर्ट आइनसकेको उनले बताए ।

ज्वरो र खोकी आउने तथा छाती दुख्ने गरेपछि भरलाई चन्द्रौटास्थित स्थानीय मेडिकलमा उपचार गराइएको थियो र त्यहाँ उपचार हुन नसकेपछि कपिलवस्तु अस्पताल पठाइएको थियो। भरको शवलाई अस्पतालको फ्रिज घरमा राखिएको छ। रिपार्ट आएपछि मात्र शवलाई परिवारको जिम्मा लगाइने बन्जाडेले बताए।

यसअघि बुटवल कोरोना अस्पतालमा पाल्पा घर भई हाल रुपन्देहीको सैनामैना बस्ने ३४ वर्षका बावुराम थापाको पनि मृत्यु भएको थियो। थापाको रिपोर्ट नेगेटिभ आएको थियो।

प्रकाशित : २०७६ चैत २५ गते ६:१९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI