भारतको मुम्बईस्थित एक अस्पतालका २६ जना नर्स र ३ जना डाक्टरलाई कोरोना संक्रमण भएको पाइएको छ। सोमबार भारतको स्वास्थ्य विभागले सो कुराको जानकारी दिएको छ।
त्यतिधेरै संख्यामा स्वास्थ्यकर्मीहरुमा कोरोना संक्रमण देखिएपछि अस्पताललाई प्रतिबन्धित क्षेत्र घोषणा गरिएको छ। मुम्बईको वोकहार्ट अस्पतालका नर्स र डाक्टरमा कोरोना संक्रमण पुष्टि भएको हो।
डाक्टर र नर्समा कोरोना संक्रमण देखिएपछि अस्पतालनै बन्द गरिएको भारतीय सञ्चारमाध्याहरुले जनाएका छन् । अहिलेसम्म सबैभन्दा बढी कोरोना संक्रमणबाट मर्नेको संख्या पनि महाराष्ट्र मै देखिएको छ।
त्यहाँ अहिलेसम्म ४५ जनाको मृत्यु भैसकेको छ भने ८६८ जनामा संक्रमण पुष्टि भएको छ। भारतमा अहिलेसम्म १ सय ९ जनाको मृत्यु भएको छ भने ४ हजार ६७ जनामा संक्रमण पुष्टि भएको छ।
प्रकाशित : २०७६ चैत २५ गते ६:२९
No ads found for this position
Facebook Comment