No ads found for this position

विश्वभर कोरोना संक्रमितको संख्या १३ लाख नाघ्यो, सोमबार सबैभन्दा बढी मृत्यु अमेरिकामा (अपडेट)

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत २५ गते ६:४३
No ads found for this position
विश्वभर कोरोना संक्रमितको संख्या १३ लाख नाघ्यो, सोमबार सबैभन्दा बढी मृत्यु अमेरिकामा (अपडेट)
No ads found for this position

विश्वभर कोरोना महामारीबाट संक्रमित हुनेहरुको संख्या १३ लाख ४५ हजार नाघेको छ।

मंगलबार बिहानसम्मको तथाङ्कअनुसार संक्रमित हुनेहरुको संख्या १३ लाख ४५ हजार ७ सय ५१ पुगेको छ। तथ्याङ्क सङ्कलन गर्ने साइट वल्ड्रोमिटरका अनुसार ज्यान गुमाउनेहरुको संख्या ७४ हजार ६ सय ४७ पुगेको छ।

त्यस्तै २ लाख ७८ हजार ४२८ जना निको भई घर फर्किएका छन्।

सोमबार सबैभन्दा बढी अमेरिकामा ११ सय ६५ जनाको ज्यान गएको छ भने स्पेनमा ६ सय ९४ जनाको ज्यान गएको छ। त्यस्तै इटालीमा ५ सय २५ जना र फ्रान्समा ५ सय १८ जनाको ज्यान गएको छ।

प्रकाशित : २०७६ चैत २५ गते ६:४३
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI