No ads found for this position

९४ सशस्त्र प्रहरी क्वारेन्टाइनमा

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत २५ गते ६:५४
No ads found for this position
९४ सशस्त्र प्रहरी क्वारेन्टाइनमा
No ads found for this position

केही दिनअघि भारतबाट फर्किएका एक कोरोना सङ्क्रमित युवकलाई नियन्त्रणमा लिने कार्यमा संलग्न ९४ सशस्त्र प्रहरी कर्मचारीलाई ‘क्वारेन्टाइन’ मा राखिएको छ ।

महाकाली नदी तरेर अवैध नाकाबाट नेपाल प्रवेश गरेका मध्येका एक ती युवकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिनुका साथै भ्यानमा राखी महेन्द्रनगरमा बनाइएको क्वारेन्टाइनमा पुर्‍याएका थिए ।

तीन दिनअघि ती युवकमा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । सो घटनामा संलग्न सबैलाई क्वारेन्टाइनमा राखिएको छ । सशस्त्र प्रहरी प्रवक्ता प्रवीणकुमार श्रेष्ठका अनुसार क्वारेन्टाइनमा राखिएका सशस्त्र प्रहरी कर्मचारीको स्वास्थ्य अवस्था ठीक छ ।

सीमा नाका हेल्थ डेस्कमा खटाइएकामा भने ज्वरो तथा रुघाखोकी देखिएको छ । यसरी ज्वरो आएकामध्ये प्रदेश–१ मा १७ जना, २ मा एक, बागमती प्रदेशका पाँच र कर्णाली प्रदेशबाट एक जना छन् । उनीहरू सबैलाई क्वारेन्टाइनमा पठाइएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

प्रकाशित : २०७६ चैत २५ गते ६:५४
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI