नवनियुक्त गभर्नर अधिकारीले सम्हाले कार्यभार

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत २५ गते १८:२६

नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले कार्यभार सम्हालेका छन्। नेपाल सरकार (मन्त्रिपरिषद्)को सोमबारको निर्णय अनुसार अधिकारी गभर्नर पदमा नियुक्त भएका हुन्। 

पदबहालीअघि उनले सर्वोच्च अदालतका सम्माननीय प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरासमक्ष पद तथा गोपनीयताको सपथ लिएका थिए। नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०८ मा बैंकको गभर्नरले प्रधानन्यायाधीश वा निजले तोकेको न्यायाधीशसमक्ष शपथ लिनुपर्ने व्यवस्था छ।

पदबहालीपछि गभर्नर अधिकारीले कोरोना भाइरस (कोभिड–१९)को विश्वव्यापी संक्रमणका कारण नेपालको अर्थतन्त्रसमेत प्रभावित भएको उल्लेख गर्दै मुलुकको वित्तीय प्रणालीलाई सकारात्मक दिशातर्फ लैजान आफू प्रयत्नशील रहने प्रतिबद्धता व्यक्त गरेका थिए। 

कार्यक्रममा डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले बैंकिङ प्रणालीलाई नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने सक्षम व्यक्तिलाई बैंकले गभर्नरको रुपमा पाएको उल्लेख गर्दै गभर्नर अधिकारीको सफल कार्यकालको निम्ति शुभ कामना दिएका थिए। डेपुटी गभर्नर शिवाकोटी पनि गभर्नरका लागि दौडमा थिए। स्रोत- नेपाल लाईभ डटकम

प्रकाशित : २०७६ चैत २५ गते १८:२६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI