No ads found for this position

ज्वरो नाप्ने यन्त्र कालोबजारी गरेको आरोपमा जगदम्बा स्टिलका सञ्चालक अग्रवाल पक्राउ

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत २५ गते १८:४२
No ads found for this position
ज्वरो नाप्ने यन्त्र कालोबजारी गरेको आरोपमा जगदम्बा स्टिलका सञ्चालक अग्रवाल पक्राउ
No ads found for this position

महानगरीय प्रहरी अपराध महाशाखाले शंकर ग्रुप तथा जगदम्बा स्टिलका सञ्चालक सुलभ अग्रवाललाई पक्राउ गरेको छ। ज्वरो नाप्ने थर्मल गनमा कालोबजारी गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो।

पाँच हजार बजार मूल्य पर्ने ज्वरो नाप्ने थर्मल गन १५ हजार रुपैयाँमा बिक्री गरेको आरोपमा महाशाखाको टोलीले उनलाई नक्सालबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ। उनको गाडीबाट ६७ वटा थर्मल गनसमेत बरामद भएको महाशाखा स्रोतले जानकारी दियो। 

कूटनीतिक नियोगको सवारी साधन २०९ एचसिसी १ नम्बरको गाडीमा थर्मल गन बोकेर महँगोमा बेच्दै हिँडेको अवस्थामा पक्राउ परेको प्रहरीले जनाएको छ।

जगदम्बाका संचालक अग्रवाल मेडिकल सामग्री बिक्रेता होइनन्। तर केही समयअघि शंकर ग्रुपले चीनबाट उक्त ग्रुपले सामग्री ल्याएको थियो। विभिन्न व्यवसायीको सामान लिन चीन उडेको नेपाल एयरलाइन्सको जहाजमा उक्त कम्पनीले  सेटिङ गरेर आफ्नो सामान मात्रै ल्याएको थियो। स्रोत- नेपाल लाईभ डटकम

प्रकाशित : २०७६ चैत २५ गते १८:४२
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI