“सुपर मुन” अवलोकन गरिदै

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत २६ गते ०:५०
“सुपर मुन” अवलोकन गरिदै

काठमाडौं, । आज ‘सुपर मुन’को अवलोकन गरिएको छ । विश्वब्यापी कोरोनाभाइरस महामारीका बीच चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक पुगेको विशेष खगोलीय घटना सुपर मुनको अवलोकन गरिएको हो । सुपर मुनमा चन्द्रमाको आकार पृथ्वीबाट देखिने अन्य रातको अपेक्षा सबैभन्दा ठूलो देखिन्छ ।
चन्द्रमा आफ्नो कक्षमा परिक्रमा गर्दा पृथ्वीभन्दा सबैभन्दा नजिक आउँदा ठूलो स्वरुपमा देखापर्ने खगोलीय घटनालाई ‘सुपर मुन’ भनिन्छ । चन्द्रमाको विशाल आकार मङ्गलबार राति आठबजेदेखि बिहान आठ बजेसम्म हुनेछ । तर सूर्यको प्रकाशले बिहान घाम लागेसँगै चन्द्रमाको उक्त आकार देखिने छैन् ।
महिनामा एकपटक गरी वर्षमा १२ पटक पूर्ण चन्द्रमा देखिन्छ । तर सन् २०२० मा एकै महिनामा दुई पटक पूर्ण चन्द्रमा देखिने खगोलीय घटना हुनेछ । अक्टोबर एक र अक्टोबर ३१ तारेखमा महिनामा दुई पटक पूर्ण चन्द्रमा देखिनेछ । एकै महिनामा दुई पटक चन्द्रमा देखिने खगोलीय घटनालाई विज्ञानमा ‘ब्लु मुन’ भनिन्छ ।
यस वर्ष भने चारपटक सुपर मुन देखिन सकिनेछ । अर्को सुपर मुन मई ७ मा देखिनेछ । अन्य अवसरहरुको अपेक्षा चन्द्रमा पृथ्वीभन्दा करिब ४० हजार किलोमिटर नजिक देखिनेछ । पृथ्वी र चन्द्रमाबीचको दूरी तीन लाख ८४ हजार ४०० किलोमिटर छ । तर आफ्नो कक्षमा घुम्दै चन्द्रमा र पृथ्वीबीचको दूरी आज करिब ४० हजार किलोमिटरले घटेको छ ।
नासाका अनुसार मध्य अप्रिलमा वृहस्पति, शनि, बुध र चन्द्रमा देखिने अर्को अवसर समेत प्राप्त हुनेछन् । जुन आगामी दुईवर्षभित्र पृथ्वीबाट फेरी अवलोकन गर्न सकिन्न ।

प्रकाशित : २०७६ चैत २६ गते ०:५०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI