अज्ञात समूहले लगाएको ताला तोडेर राहत वितरण

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत २६ गते ११:२६
अज्ञात समूहले लगाएको ताला तोडेर राहत वितरण

नवलपरासी — हुप्सेकोट गाउँपालिकाको कार्यालयको राहत सामग्री राखिएको गोदाममा अज्ञात समूहले लगाएको ताला खोलिएको छ । विपन्न परिवारलाई वितरण गर्न गाउँपालिकाले खरिद गरेर राखेको खाद्यान्नको गोदाममा आइतबार राति तालाबन्दी गरिएको थियो ।

गाउँपालिकाले ५ सय बोरा चामल, ५१ बोरा दाल, तेल र नुन खरिद गरेको थियो । सर्वदलीय समितिको बैठकको निर्णयमा मंगलबार साँझ ताला खोलिएको हो ।

बुधबारदेखि घरघर पुगेर राहत बाँड्न थालिएको गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेले जानकारी दिइन । सदस्य संख्याका आधारमा प्रतिपरिवार अधिकतम ३० किलोसम्म खाद्यान्न उपलब्ध गराइँदै छ । ६ वटै वडाका ७ सय ९१ परिवारलाई पहिलो चरणको राहत वितरण थालिएको हो ।

प्रकाशित : २०७६ चैत २६ गते ११:२६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI