No ads found for this position

चौधरी फाउन्डेसनद्वारा सरकारलाई १ हजार थान ‘पीसीआर रिएजेन्ट’ हस्तान्तरण

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत २६ गते १२:०४
No ads found for this position
चौधरी फाउन्डेसनद्वारा सरकारलाई १ हजार थान ‘पीसीआर रिएजेन्ट’ हस्तान्तरण
No ads found for this position

काठमाडौ । कोरोनाभाइरस रोग (कोभिड-१९)को महाप्रकोपसँग जुध्दै नागरिक सुरक्षाका लागि आफूसक्दो प्रयास गर्ने अभियानको निरन्तरतास्वरूप चौधरी फाउन्डेसनले आज निजी क्षेत्रको तर्फबाट पहिलोचोटि सरकारलाई १,००० थान ‘पीसीआर रिएजेन्ट’ (परीक्षण सामग्रीहरू) हस्तान्तरण गरेको छ । स्वास्थ्य मन्त्रालयमा आयोजित समारोहमा फाउन्डेसनले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई ती सामग्री हस्तान्तरण गरेको हो ।

कोभिड-१९ संक्रमित व्यक्ति पहिचान गर्न ‘पीसीआर रिएजेन्ट’ अति महत्वपूर्ण उपकरण हो । फाउन्डेसनले चीनबाट आयात गरेका यी सामग्री ग्रहण गर्दै स्वास्थ्यमन्त्री ढकालले विषम परिस्थितिमा निजी क्षेत्रले गरेको यस्तो सहयोग सराहनीय भएको भन्दै फाउन्डेसनलाई धन्यवाद दिए । आवश्यकता परेका बेला आगामी दिनमा पनि यस्तै सहयोगका लागि खुला ह्रदयले तयार रहनसमेत उनले आग्रह गरे ।

फाउन्डेसन अध्यक्ष विनोद चौधरीले कोभिड-१९ नियन्त्रणमा सरकारले थालेको प्रयासमा साथ दिन पाउँदा आफूहरूलाई सन्तोष मिलेको बताएका छन् । “स्वास्थ्यमा सीमित साधनस्रोत र पूर्वाधार भएको अवस्थामा सरकारसँगको बलियो हातेमालोबिना अहिलेको विपदबाट छुटकारा पाउन सकिँदैन,” उनले भनेका छन्, “त्यसैले सरकारसँग सहकार्य गरी मुलुकभरि यस्ता सामग्री उपलब्ध गराउने काममा हामी निरन्तर लागिरहेका छौं ।”

उनले यी ‘पीसीआर रिएजेन्ट’ उपकरणबाट द्रुत गतिमा कोरोना परीक्षण हुने विश्वास व्यक्त गरेका छन् । सरकारी तथा गैरसरकारी क्षेत्रबाट परीक्षण तथा सुरक्षा सामग्री माग उच्च देखिए पनि आफूहरूको पहिलो प्राथमिकता उपचार र परीक्षणमा सक्रिय चिकित्सक र स्वास्थ्यकर्मीको सुरक्षा भएको चौधरीले बताएका छन् । “त्यससँगै हाम्रो प्राथमिकता न्यूनतम उपकरण र पूर्वाधार भएका स्वास्थ्य केन्द्र हुन्, जहाँबाट रोग परीक्षणसँगै पहिलो चरणको उपचार सम्भव होओस्,” चौधरीले भनेका छन्, “न्यूनतम पूर्वाधार भएका संस्थालाई बलियो र सुविधासम्पन्न बनाउने हाम्रो लक्ष्य हो । र, ती केन्द्रसँग स्थायी रूपमै सहकार्य गर्ने गरी चौधरी फाउन्डेसनले तयारी गरिरहेको छ ।”
यसअघि पहिलो चरणअन्तर्गत चौधरी फाउन्डेसनले सातै प्रदेशका गरी ४८ स्वास्थ्य संस्थामा पीपीई र उपचार सामग्री वितरण गरेको थियो ।

प्रकाशित : २०७६ चैत २६ गते १२:०४
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI