No ads found for this position

विपद व्यवस्थापन कोषमा कावासोतिका संस्थागत विद्यालयको तर्फ बाट दुईलाख सहयोग

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत २६ गते १७:१६
No ads found for this position
विपद व्यवस्थापन कोषमा कावासोतिका  संस्थागत विद्यालयको तर्फ बाट दुईलाख सहयोग
No ads found for this position

कावासोती । कावासोती नगरपालिकाका संस्थागत विद्यालयले कावासोती नगरपालिकाले स्थापना गरेको विपद व्यवस्थापन कोषमा दुई लाख रुपैया सहयोग गरेका छन । नगरभित्र रहेका प्याब्सन र एन प्याब्सनमा आबद्ध १५ वटा आधारभुत तथा माध्यामिक विद्यालयले सो रकम नगर स्तरीय विपद व्यवस्थापन कोषमा सहयोग गरेको सिद्धार्थ आवासीय माध्यमिक विद्यालयका प्रिन्सिपल भोजराज दाहालले बताए । आधारभुत विद्यालयले प्रती विद्यालय १० हजार तथा माध्यमिक विद्यालयले प्रती विद्यालय १५ हजारका दरले संकलन भएको दुईलाख रुपैया विपद व्यवस्थापन कोषका संयोजक एवं नगर उपप्रमुख प्रेमशंकर मर्दनियालाई हस्तान्तरण गरिएको हो । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको महामारीका कारणले उत्पन्न परिस्थिति संग जुध्न भन्दै नगरपालिकाले विपद व्यवस्थापन कोषको स्थापना गरेको छ ।

प्रकाशित : २०७६ चैत २६ गते १७:१६
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI