No ads found for this position

संक्रमितको संख्या १४ लाख ४७ हजार, कुन देशमा कतिको मृत्यु?

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत २६ गते २१:११
No ads found for this position
संक्रमितको संख्या १४ लाख ४७ हजार, कुन देशमा कतिको मृत्यु?
No ads found for this position

काठमाडौं– कोरोना भाइरसबाट संक्रमित  हुनेको संख्या १४ लाख ४७ हजार नाघेको छ। 

नेपाली समय अनुसार बुधबार बेलुका ८ बजेसम्म संसारभर १४ लाख ४७ हजार ४ सय ६६ जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन्। १ लाख भन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित हुनेको देशको संख्या ५ पुगेको छ। 

अमेरिकामा सबैभन्दा बढी मानिस संक्रमित भएका छन्। अमेरिका संक्रमित हुनेको संख्या ३ लाख ९९ हजार ९ सय २९ पुगेको छ। स्पेनमा संक्रमितको संख्या १ लाख ४६ हजार ६ सय २९ पुगेको छ।

इटलीमा संक्रमितको संख्या १ लाख ३५ हजार ५ सय ८६ पुगेको छ। फ्रन्समा १ लाख १० हजार ७० जना कोरोना भाइरसबाट संक्रमित भएका छन्। जर्मनीमा १ लाख ७ हजार ६ सय ६३ जना संक्रमित भएका छन्। 

जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणबाट ८३ हजार ५ सय ६८ जनाले ज्यान गुमाइसकेका छन्। 

३ लाख ८ हजार २ सय १५ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । 

कोरोना भाइरसको संक्रमणबाट सबै भन्दा बढी मुत्यु हुने देश 

इटालीमा  १७ हजार १ सय २७ जनाको मुत्यु भएको छ। 

स्पेनमा मुत्यु हुनेको संख्या १४ हजार ५ सय ५५ पुगेको छ। 

फ्रान्समा १० हजार ३ सय २८ जनाको मुत्यु भएको छ।

अमेरिकामा १२ हजार ९ सय १४ जनाको मुत्यु भइसको छ। 

युकेमा  मुत्यु हुनेको संख्या  ६ हजार १ सय ५९ पुगेको छ । 

इरानमा मुत्यु हुनेको संख्या ३ हजार ९ सय ९३ पुगेको छ। 

चीनको हुवइमा  ३ हजार २ सय १३ जनाको मुत्यु भएको  छ। 

नेदरल्याण्डस्मा २ हजार २ सय ४८जनाको मुत्यु भएको छ। 

बेल्जियममा  २ हजार २ सय ४० जनाको मुत्यु भएको छ ।

जर्मनी २ हजार १६ जनाको मुत्यु भइसकेको छ। 
 

ad
प्रकाशित : २०७६ चैत २६ गते २१:११
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI