No ads found for this position

साउदीमा कोरोना संक्रमित तीन नेपाली निको भएर काममा फर्किए

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत २६ गते २१:२१
No ads found for this position
साउदीमा कोरोना संक्रमित तीन नेपाली निको भएर काममा फर्किए
No ads found for this position

२६ चैत, साउदी । साउदीमा कोरोना संक्रमण भएका  ४ नेपाली मध्ये ३ जना निको भएर काममा फर्किएका छन् ।

नेपाली दूतावास साउदीका अनुसार  दूतावास ती नेपाली कामदारको सम्पर्कमा रहेको र  अन्य नेपालीमा संक्रमण देखिएको छैन ।

दूतावासले  बुधबार (८ अप्रिल)  सम्म  साउदीमा कोरोना संक्रमितको संख्या  २९ सय ३२ पुगेको र  कूल संक्रमित भएका मध्ये  ६३१ जना निको भएर फर्किएका छन् । दूतावासका अनुसार साउदीमा आजमात्रै १३७ जनामा संक्रमण भएको  छ ।

यस्तो दूतावासले दिएको जानकारी

साउदी अरबमा कोरोना संक्रमण, नेपाली नागरिकको पछिल्लो अवस्था र अन्य जानकारी ।

१. साउदी अरबमा कोरोनाको संक्रमण हुनु भएका ४ जना नेपाली नागरिकहरु मध्ये ३ जना निको भइ काममा फर्किनुभएको सबैमा जानकारी गराइन्छ । नेपाली राजदूतावास उहाँहरुसँग सम्पर्कमा रहिरहेको छ । थप नेपालीहरुमा संक्रमण भएको जानकारी प्राप्त भएको छैन ।

२. आज मिति २०७६।१२।२६ (अप्रिल ८, २०२०) मा साउदी अधिकारीहरुले जारी गरेको तथ्यांक अनुसार साउदी अधिराज्यमा कोरोना भाइरसबाट संक्रमितको संख्या २९३२ पुगेको छ । आज थप १३७ जनामा संक्रमण भएको छ । कूल संक्रमितहरु मध्ये हालसम्म ६३१ जना निको भएका छन् ।

३. साउदी स्वास्थ्य मन्त्रीले कोरोना नियन्त्रणको प्रयासमा सबैको साथ सहयोग भएमा मात्र सरकार सफल हुने र संक्रमित हुनेहरुको संख्या घट्ने उल्लेख गर्दै सरकारका प्रयासहरुमा सहयोग गर्न सबैलाई अनुरोध गर्नुभएको छ । उहांले We are all responsible भन्ने नारालाई आत्मसात गर्न पनि सबैलाई अनुरोध गर्नुभएको साउदी सरकारी समाचार एजेन्सीले जनाएको छ ।

केहि अध्ययन र सिफारिसहरुलाई उल्लेख गर्दै उहाँले सर्वसाधारणकाे सहयोग नभएमा साउदी अरबमा आउँदा केही हप्तामा कोरोना भाइरसको संक्रमण भयावह हुने र १० हजार देखि २लाख जनामा यो संक्रमण फैलन सक्ने चेतावनी दिँदै सहयोगको अनुरोध गर्नुभएको हो । तपाई हामी नेपाली कोही पनि कोरोना संक्रमणको कारण वा शिकार नबनौँ । स्थानीय सरकारका प्रयासमा पूर्णरुपमा साथ दिऔँ।

४. विदेशी नागरिकहरुसँग काम गर्दा, हिँडडुल, उठवस वा बजार गर्दा पूर्ण सावधानीका साथ गर्नुहुन, एक अर्काबीच दुरी कायम गर्नुहुन र कुनै पनि व्यक्ति वा सरसामानलाई अनावश्यक छुने वा स्पर्श गर्ने नगर्नुहोला ।
————————–
नेपाली राजदूतावास
रियाद
२०७६।१२।२६

प्रकाशित : २०७६ चैत २६ गते २१:२१
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI