No ads found for this position

इटाली सरकारको किनमेल भौचर, हेर्नुहोस् कस्ता व्यक्तिले पाउछन् त ?

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत २६ गते २१:३९
No ads found for this position
इटाली सरकारको किनमेल भौचर, हेर्नुहोस् कस्ता व्यक्तिले पाउछन् त ?
No ads found for this position

चैत, इटाली । ईटालीयन सरकारले कोरोना भाइरसबाट अति प्रभावितहरुका लागि आधारभुत आवस्यकता खरिद गर्नका लागि सामाजिक सुरक्षा योजना अन्तर्गत किनमेल भौचर योजना ल्याएको छ ।

कोभिड १९ को महामारीको आपतकालबाट सबैभन्दा बढी आर्थिक प्रभावमा पर्न सक्ने परिवारहरूको लागि ल्याइएको यो योजना कोरोना महामारीबाट अति प्रभावित र आर्थिक हिसाबले गंभीर कठिनाई भोगिरहेका नागरिकहरुका लागि किनमेल भौचर (Buoni Spesa) लिनको लागि निम्न सिमाहरु तोकिएको छ ।

१- परिवारका सदस्य भित्र एक जनाको मात्रै आयस्रोत (monoreddito)भएको अथवा कसैको पनि अन्य आयस्रोत नभएको हुनुपर्ने ।

२ -घर भाडा तिरेर बसेका हुनुपर्ने र आफ्नै खरिद गरेको घर छ भने उनिहरुले बैंकको किस्ता तिर्नुपर्ने भएको हुनुपर्ने अर्थात लोन चुक्ता नभैसकेको हुनुपर्ने छ ।

३- गत ३१ मार्च सम्ममा बैंकमा छ हजार भन्दा बढी क्यास डिपोजिट नभएको हुनुपर्ने ।

४ -परिवारको बार्षिक आम्दानी २० हजार युरो भन्दा कम भएको हुनुपर्ने । परिवारले संयुक्त रूपमा २०१८ भित्रमा ४० हजार युरो भन्दा कम कमाइ गरेको हुनुपर्छ ।

५ -कोरोनाको कारणले फेब्रअरी १ बाट जागिर गुमाएका हुनुपर्ने । तर जागिर गुमाएकाहरुले बेरोजगारी भत्ता लिने गर्नुभयो भने यो सुविधा पाइदैन ।

६-Reddito di Cittadinanza बाट भत्ता लिइरहेकाहरुले पनि पाउदैनन् ।

७-एउटै घरका परिवार र जोडी दुबै जना Cassa integrazione मा हुनुभयो र बच्चा बच्ची छन् बैंकको लोन किस्ता तिर्न धौ–धौ पर्नेहरु हुनुपर्ने ।

८- Covid-19 का कारण फेब्रअरी २०२० मा कामको साहुले जबरजस्त कामबाट बर्खास्त (Licenziamento ) गरेको हुनुपर्छ ।

इटालीमा झन्डै १.८ मिलियन घर परिवारहरु पूर्ण गरिबीको रेखामुनि (सुकुम्बासी) छन् कमायो खायो तर नो सेभिङ्ग जस्ले दैनिकी काम गरेर गुजारा चलाएका हुन्छन् त्यसैले विशेषगरि त्यस्ता परिवारहरुको लागि मध्यनजर राख्दै तयार पारिएको सामाजिक योजना हो ।  सरकारले किनमेल भौचर ( Buoni Spesa ) घर घरमा बाड्दैछ भनेर आएका समाचार झुठा हुन् ।

मानिसहरु फर्म भर्नुस है फर्म भर्नुस भनेको मात्रै सुन्छु तर के, कसरी र को कस्ले यो सुबिधा लिन मिल्ने भन्ने जानकारी कमै लाई थाहा भए जस्तो लाग्यो र धेरै जनाको जिज्ञासा आएको हुनाले बुझ्न् सजिलो होस् भनेर जनहितमा जारी यो सन्देश सेयर गरि अरुहरुलाइ पनि जानकारी दिनसक्नुहुनेछ ।

सबै नगरपालिकाहरु (Comune) मा एउटै नियम लागु नहुन पनि सक्छ त्यसैले नजिकै को Caf, Patronato, Commercialista अथवा कमुनेमा गएर राम्रोसँग बुझ्नुस् ।

नेपाली समाज रोमका अध्यक्ष हरिभक्त कराखेतीद्धारा इटालीवासी नेपाली समुदायका लागि दिइएको जानकारी

प्रकाशित : २०७६ चैत २६ गते २१:३९
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI