कोरोना अपडेट- भारतमा १ सय ७८ को मृत्यु, संक्रमितको संख्या ५ हजार नाघ्यो

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत २७ गते ७:१९
कोरोना अपडेट- भारतमा १ सय ७८ को मृत्यु, संक्रमितको संख्या ५ हजार नाघ्यो

भारतमा एकै दिन कोरोना भाइरस संक्रमितको संख्या ५ सय ६५ जना बढेको छ ।

वोर्ल्डोमिटर डट ईन्फोका अनुसार बुधबार मात्रै नयाँ कोरोना भाइरस संक्रमितको संख्या ५ सय ६५ पुगेको छ। बुधबार भारतमा १८ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ। अहिलेसम्म मृतक संख्या १ सय ७८ पुगेको छ। भारतीय समाचार संस्था पीटीआईका अनुसार अहिलेसम्म एक लाख १२ हजार दुई सय ७१ जनाको परीक्षण गरिएको छ ।

भारतको सबैभन्दा बढी प्रभावित राज्य महाराष्ट्रमा एक हजार १८ जना संक्रमित भेटिएका छन् र ६४ जनाको मृत्यु भएको छ । तामिलनाडुमा ६ सय ९० जना संक्रमित भएका छन् र सात जनाको मृत्यु भएको छ ।

प्रकाशित : २०७६ चैत २७ गते ७:१९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI