No ads found for this position

बेजोसलाई पुनः विश्वकै धनी व्यक्तिको ताज

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत २७ गते ११:३५
No ads found for this position
बेजोसलाई पुनः विश्वकै धनी व्यक्तिको ताज
No ads found for this position

एजेन्सी  । फोब्स पत्रिकाले हालै विश्वका अर्बपतिको सूची सार्वजनिक गरेको छ । फोब्र्सले गरेको विश्वका अर्बपतिको सूचीको पहिलो स्थान यसपल्ट पनि अमेजोनका मालिक जेफ बेजोसले ओगटेका छन् ।

१ सय १३ अर्ब डलर सम्पत्तिसहित बेजोस लगातार तेस्रोपल्ट विश्वकै धनी बनेका हुन् । फोब्र्सले यसअघि दुईचोटि उनलाई विश्वकै धनीको सूचीमध्ये पहिलो स्थानमा राखिसकेको छ । यस्तै, माइक्रोसफ्टका मालिक बिल गेट्स भने विश्वकै धनीको सूचीमा दोस्रो स्थानमा छन् । उनको हालको सम्पत्ति कुल १ सय २ अर्ब अमेरिकी डलर रहेको छ ।

त्यस्तै, विश्वकै धनीको तेस्रो स्थानमा भने एलभीएमएज जिन्सका प्रमुख बर्नाड आर्नल्ट रहेका छन् भने चौथो स्थान बर्कसायर हाथवे कम्पनीका मालिक सेयरबजारका बादशाह वारेन बफेट परेका छन् । उनका हालको सम्पत्ति ७२ अर्ब अमेरिकी डलर छ । यस्तै, विश्वका धनीको सूचीको पाँचौं स्थानमा अमेरिकी ल्यारी इलिसन, छैठौंमा स्पेनका अमानिको अर्टेगा, सातौंमा फेसबुकका मार्क जुकेनवर्ग, आठौंमा अमेरिकी जिम वाल्टन, नवौंमा अमेरिकी एलिस वाल्टन र १०औंमा अमेरिकी रब वाल्टन छन् । फोब्र्सका अनुसार विश्वमा अर्बपतिहरूको संख्या र सम्पत्ति दुवै घट्दो छ ।

सो पत्रिकाअनुसार २ हजार ९५ अर्बपतिमध्ये गत वर्षको तुलनामा ५८ जना अर्बपति संख्या घटेको छ । सन् २०२० को अर्बपतिको सूची सार्वजनिक गर्दा गत वर्षको तुलनामा अर्बपतिको सम्पत्ति ८० खर्ब डलर कम देखिएको फोब्र्सले जनाएको छ । यो सन् २०१९ को तुलनामा ७ खर्ब कम हो । यो वर्ष संसारका धनीहरूले सन् २०१९ मा भन्दा धेरै सम्पत्ति गुमाएका छन् । सबैभन्दा बढी सम्पत्ति जोड्न सफल भएकामा किन इङलिन छन् । उनी सुगुर उत्पादक हुन् ।

साढे १८ अर्ब डलर सम्पत्ति भएका उनले सन् २०१९ मा भन्दा १४ अर्ब बढी सम्पत्ति जोड्न सके । विश्वको धनीहरूको सूचीमा उनी ४३औं नम्बरमा छन् । दक्षिण एसियाका धनी चीनका ज्याकमा विश्वकै धनीको सूचीको १७औं नम्बरमा छन् । उनको कुल सम्पत्ति ३८ अर्ब डलर छ । भारतका मुकेश अम्बानी २१औं नम्बरमा छन् । उनको कुल सम्पत्ति ३६ अर्ब डलर छ । त्यस्तै, नेपालका एक मात्र अर्बपति विनोद चौधरी १ हजार ५ सय १३ नम्बरमा परेका छन् । उनको कुल सम्पत्ति १ अर्ब ४० करोड डलर रहेको फोब्र्सले जनाएको छ ।

प्रकाशित : २०७६ चैत २७ गते ११:३५
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI