कावासोतिको विपद व्यस्थापन कोषमा नवलपुर उद्योग वाणिज्य संघ द्वारा १लाख सहयोग

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत २७ गते १४:०८
कावासोतिको विपद व्यस्थापन कोषमा नवलपुर उद्योग वाणिज्य संघ द्वारा १लाख सहयोग

कावासोती । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना लकडाउनकाे समस्याका कारण दैनिक जिवनयापन गर्न समस्या परि ज्वालादारि समेत गर्न नपाई चुल्हाे जल्न समेत समस्यामा परेका र काेरोना भाइरसको नियन्त्रण तथा न्यूनिकरणका भन्दै नवलपुर उद्योग वाणिज्य संघको तर्फ बाट राहतकाेषमा विपत व्यवस्थापन समिति मार्फत कावासाेति नगरपालिकाका नगर प्रमुखको उपस्तिथिमा उप प्रमुख तथा विपत काेषका संयाेजक प्रेमशंकर मर्दनिया र प्रमुख प्रशासकिय अधिकृत कृतन पाैडेललाई चेक मार्फत रु १,००,०००।- सहयोग हस्तान्तरण गरेकाे संस्थाका अध्यक्ष डासुराज पाेखरेलले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालयले राहत वितरण गर्दा स्थानिय पालिका मार्फत गर्न गरेकाे सुचना र कावासाेति नगरपालिकाद्वारा एकद्वार प्रणालि मार्फत राहत वितरण गर्न गरेको अनुराेधका कारण नवलपुर उद्योग वाणिज्य संघले नगरपालिकालाई चेक हस्तान्तरण गरिएकाे संस्थाका महासचिब बैकुण्ठ अर्यालले जानकारी दिए ।

प्रकाशित : २०७६ चैत २७ गते १४:०८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI