No ads found for this position

लक डाउनमा १४ वर्षीय बालिका सामुहिक बलात्कृत

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत २७ गते १४:२०
No ads found for this position
लक डाउनमा १४ वर्षीय बालिका सामुहिक बलात्कृत
No ads found for this position

नेपालगन्ज : लकडाउनको समयमा बाँकेको कोहलपुरमा एक १४ वर्षीया बालिका सामूहिक बलात्कृत भएकी छन् ।  कोहलपुर नगरपालिका ११ एकतानगर बस्ने २० वर्षीय आकाश मल्ल र दाङको घोराही उपमहानगरपालिका ६ घर भइ कोहलपुरमा मामाको घरमा बस्दै आएका अंकित गिरीले आइतबार राति बालिकालाई बलात्कार गरेको इलाका प्रहरी कार्यालय कोहलपुरका इन्चार्ज डीएसपी कुलदिप चन्दले बताए । 

पीडित बालिकाले प्रहरीलाई दिएको किटानी जाहेरीपछि प्रहरीले मल्ललाई पक्राउ गरिसकेको छ भने गिरी फरार छन् । पीडित बालिकालको प्रहरीले स्वास्थ्य जाँच गरिसकेको छ। 

लकडाउनको समयमा आइतबार साँझ नै छोरी हराएको भन्दै अभिभावकले प्रहरीमा खबर गरेका थिए। अभियुक्तले बालिकालाई कोठामा लगेर रातभरी बलात्कार गरेको पीडितले प्रहरी समक्ष बताएकी छन्। 

प्रकाशित : २०७६ चैत २७ गते १४:२०
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI