भ्रष्टहरु कसरी राष्ट्रवादी ??

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत २७ गते १८:०८
भ्रष्टहरु कसरी राष्ट्रवादी ??

केशव तिवारी “घायल”
विश्वभर फैलिरहेको नोवेल कोरोना भाईरस(कोभिड –१९)का कारण नेपाल लक डाउनमा छ । नेपालमा लकडाउनका कारण हामि सवैले घर घरमा बसेर यो रोग नियन्त्रणका लागि सहयोग गरिरहेका छौँ।
सरकार कोरोना बाट बच्नका लागि विभिन्न उपाय जनतालाई दिईरहेको छ जुन करिब ५० दिन ढिला भईसकेको थियो ।

कोभिड १९ ले विश्व आतंकित बनेको छ । बैज्ञानिकहरु यो रोगको उत्पति र नियन्त्रणका लागि निचोडमा पूगेका छैनन् । नेपालको छिमेकी मुलुक चिनमा कोरोनाको पहिलो संक्रमण देखिएपछि क्रमिक रुपमा यो रोगले विश्वभरका मानिसलाई आक्रान्त वनाईरहेको छ । नेपाल पनि यो रोगबाट बच्न सकेन । यहाँ हाल सम्म परिक्षण गरिएका जम्मा मान्छेहरु मध्ये ९ जनालाई कोभिड १९ देखियो । परिक्षण गर्नुपर्ने मानिसहरु धेरै छन् । नेपालमा यस रोग परीक्षण गर्ने प्रविधि सिमित अस्पतालमा मात्र छन् । अस्पतालले हाल परिक्षणका लागि आवश्यक पर्ने किट पाईरहेको छैन। ज्वरो आउने तथा खोकी लाग्ने समस्या अहिलेको महामारीको रुपमा फैलिएको छ जुन कोरोनाको लक्षण हो ।
सरकार कोरोनाको परिक्षणमा डाक्टरहरुले प्रयोग गर्ने PPE खरिदका लागि यता उता भौतारिरहेको छ । हालै सरकारले कोरोना परिक्षण तथा सावधानीको लागि विभिन्न सामागी टेन्डर प्रक्रिया वाट खरिद गरेको छ ।
महामारीको यो समयमा सरकारका मन्त्रीहरु खरिद गरिएको सामाग्रीमा मन्त्रीलेनै भ्रष्टाचार गरेका समाचारहरु सुन्दा जनताको मन भाँचिएको छ । जनताकै मतले सांसद तथा मन्त्री वनेकाहरु जनताकै खुनपसिना चुस्नमा ब्यस्त हुँदा भोट गलत ठाँउमा लगाएको भन्दै जनता पश्चताप गरिरहेका छन् ।
डुब्लिकेट सामान महंगोमा खरिद गरेर अकुत सम्पती कमाउने सरकारका पदाधिकारीहरु मध्येका प्रधानमन्त्री आफ्नो क्याविनेटका मन्त्रीहरुलाई कारवाही गर्नुको साटो बचाउमा लागेका छ्न । प्रधानमन्त्रीका विश्वास पात्रहरुनै भ्रष्टचारमा लिप्त हुँदा प्रधानमन्त्री नै चुप लाग्नुमा भ्रष्टाचारमा प्रधानमन्त्री आफै संलग्न छन भन्नेमा जनता छन् ।
सरकार ५ बर्षका लागि बनेको हो । त्यसपछि बाँचियो भने देशमा निर्वाचन हुन्छ । अहिलेको परिस्थति भनेको कोरोना रोग संग तन मन र धन लगाएर यसवाट बच्ने हो । तर सरकार यसलाई पैसा कमाउने मौकाको रुपमा लिईरहेको छ । सरकारका मन्त्रीहरुले आफु र जनता बाँचे मात्र यो देश बच्छ भन्ने कुरा विर्सिएका छन् । सरकार अवसरवादी बनेको छ । लकडाउनले कतिपय जनता भोकै मरिरहेको समाचार आईरहेका छन् तर सरकारका मन्त्रीहरु भ्रष्टाचारमा चुर्लुम्म डुबेका छन् । अब यो सरकार संग जनताले के अपेक्षा गर्ने ? यहि सरकार कहिले चाउचाउ र बिस्कुट खाएर अहोरात्र खटिएका सुरक्षाकर्मी को तलब कटौती गर्छु भन्छ त कहिले डक्टरहरुलाइ नै आतंकित बनाउछ, अनि आफू क्वारेन्टाइनमै बसेर राज्य दोहन गरीरहन्छ । यस्तो विषम परीस्थितीमा अब सबैले घरमै बसेर यो सरकारको बिकल्प खोज्न सकेनौं भने इतिहासले हामिलाइ सराप्ने छ । जब सम्म हामी सक्षम निडर र निरोगी राजनेता छान्न सक्दैनौ तबसम्म हाम्रो रास्ट्रबाद नक्कली राष्टबाद ठहरीने पक्का छ ।

प्रकाशित : २०७६ चैत २७ गते १८:०८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI