No ads found for this position

सुदूरपश्चिममा अवैध हतियारको बिगबिगीः २ जनाले आफ्नै श्रीमतीलाई गाेली हाने

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत २७ गते १९:४७
No ads found for this position
सुदूरपश्चिममा अवैध हतियारको बिगबिगीः २ जनाले आफ्नै श्रीमतीलाई गाेली हाने
No ads found for this position

पश्चिम प्रदेशमा अवैध हातहतियार प्रयोग बढ्दै गएको पाइएको छ । यहाँसम्मकी ३ दिनको अवधिमा २ जनाले आफ्नै श्रीमतीलाई गोली हानेर हत्या गरेका छन्।
सुदूरपशिचम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार बाजुराको गौमूल गाउँपालिका ४ का ४० वर्षीय गोरख रोकायाले आफ्नै ३३ वर्षीया श्रीमती सन्तु रोकायालाई बुधवार राति भरुवा बन्दुकले गोली हानेर हत्या गरेका हुन्।


सन्तु भैँसी गोठमा भरुवा बन्दुकले गोली हानेर हत्या गरिएको अवस्थामा फेला परेपछि बिहीबार बिहान मात्र माइती पक्षले प्रहरीलाई जानकारी गराएको प्रदेश प्रहरी कार्यालयका निमिक्त प्रमुख एसएसपी देवबहादुर बोगटीले जानकारी दिए। उनले आफ्नो श्रीमतीको टाउकोको बीच भागमा गोली प्रहार गरेको जनाइएको छ।


मृतकका श्रीमान गोरख रोकायालाई प्रहरीले १ थान भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको छ। के कारणले गोली प्रहार गरेको भन्ने कुरा खुल्न बाँकी रहेको निमिक्त प्रदेश प्रहरी प्रमुुख एसएसपी बोगटीले बताए।


त्यस्तै, डोटीको जोरायल गाउँपालिका ४ देउथलाको नङनी टोलकी २० वर्षीया अनिता वनलाई पनि उनकै श्रीमानले गोली हानी हत्या गरेका छन्।

प्रहरीका अनुसार आइतबार साँझ ५ बजे खडक बनले आफ्नै श्रीमतीलाई गोली हानी हत्या गरेका हुन्। घरमा श्रीमान र श्रीमती मात्रै रहेकोले उनको श्रीमानले नै हत्या भएको कुरा पुष्टि भएको निमिक्त प्रदेश प्रहरी प्रमुख बोगटीले बताए।


भारतको बैंग्लोरमा काम गर्ने खडक र डडेल्धुराको भागेश्वर गाउँपालिका ५ बगरकोट सिराडीकी अनिताबीच फेसबुकमार्फत प्रेम बसेपछि उनीहरुले फाल्गुन १३ गते भागी बिबाह गरेका थिए। प्रहरीले घट्नास्थलबाट भरुवा बन्दुकसहित खडक बनलाई पक्राउ गरेको छ।
आफ्नै श्रीमतीलाई गोली हानेर हत्या गरेका खडक बन र गोरख रोकाया विरुद्ध कर्तव्य ज्यान मुद्दा र हतियार खरखजाना ऐन अन्तरगत कारवाही हुने जनाइएको छ।


सुदूरपश्चिमको दूरदराजहरुमा अवैध हातहतियारको प्रयोग व्यापक रुपमा भैरहेको प्रहरीले जनाएको छ । जुनअनुसार आवश्यक अनुसन्धान गर्दै अवैध हतियार नियन्त्रणमा प्रहरी लागेको निमिक्त प्रदेश प्रहरी प्रमुख एसएसपी बोगटीको भनाइ छ ।

प्रकाशित : २०७६ चैत २७ गते १९:४७
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI