एम्बुलेन्समा क्याबिन

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत २८ गते ०:२१
एम्बुलेन्समा क्याबिन


नारायण शर्मा
कावासोती । पूर्बि नवलपरासीको कावासोती नगरपालिकाले चालकलाई संक्रमणबाट जोगाउन एम्बुलेन्समा क्याबिन बनाउन थालिएको छ । कोरोना संक्रमित बिरामी बोक्दा सुरक्षित राख्न आल्मुनियमको पार्टेसन बनाइएको हो । बिहीबार यस्ता दुई एम्बुलेन्समा पार्टेसन तयार पारिएको कावासोती नगरपालिकाले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी र सुरक्षाकर्मी चढ्ने गाडीमा पनि त्यस्तो व्यवस्था गरिने भएको छ । कावासोती नगरपालिकाको सुचना अधिकारी पवन रूपाखेतीले सरकारले तोकेको मापदण्ड अनुसार पार्टेसन गरेर क्याबिन बनाइएको बताए । कावासोती भित्रका ७ एम्बुलेन्समा एक साताभित्र सबैमा त्यस्तो व्यवस्था गर्ने तयारी छ । पूर्वी नवलपरासीमा भरपर्दो उपचार व्यवस्थाका अस्पताल नभएका कारण बिरामीलाई ३५ किलोमिटर पूर्व भरतपुर लगिन्छ ।

प्रकाशित : २०७६ चैत २८ गते ०:२१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI