No ads found for this position

निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् साप्ताहिक राशिफल

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत २८ गते ७:५८
No ads found for this position
निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् साप्ताहिक राशिफल
No ads found for this position

मेष– पुराना,अधुरा काम सुचारु हुनेछन् । दिनले साथ दिनाले जिम्मेवारी छिट्टै पूरा हुनेछ । धर्म,कर्ममा रुचि एवं सामाजिक क्षेत्रमा संलग्नता मिल्नेछ । रोजगारी एवं व्यवसायमा नयाँ प्रणालीबाट काम शुरु हुनेछ । आम्दानीको श्रोत खुल्ने एवं साथीभाइको सहयोगले आर्थिक क्षेत्र बलियो हुनेछ । गोडा, घुँडाको समस्या एवं आर्थिक लेनदेनमा विवाद आउन सक्नेछ।

वृष – स्वास्थ्यमा समस्या हुनेछ । अचानक काममा रोकावट एवंअपजसको सामाना गर्नुपर्नेछ । जीवनसाथीसँगको सम्बन्ध बिग्रिने एवं प्रेममा धोका हुन सक्नेछ । खर्च बढी हुनाले यात्रा झन्झटिलो बन्नेछ । साताको मध्यमा भने काममा प्रगति मिल्ने एवं भाग्यले साथ दिनेछ । साताको अन्त्यमा पदीय जिम्मेवारीको कारणले प्रशंसा मिल्ने एवं पदोन्नतिको सम्भावना देखिन्छ ।

मिथुन – मनोरञ्जनमा बढी मन जानेछ । प्रेममा प्रगति हुने एवंनयाँ मित्रता अगाडि बढ्नेछ । प्रेममा सुख मिल्ने एवं वैवाहिक कुरामा प्रगति हुनेछ। साताको मध्यमा भने कठिनाइ झेल्नुपर्ने एवंअपमानको भय रहन्छ । विद्याध्ययनमा भने कमजोर योग देखिन्छ। साताको अन्त्यमा भने वैदेशिक कामबाट फाइदा एवं सामाजिक एवं परोपकार काममा रुचि बढ्नेछ।

कर्कट – स्वास्थ्यमा सुधार आउनेछ । आफन्तबाट सहयोग एवं उपलब्धिमूलक काममा खर्च हुनेछ । वादविवाद एवं प्रतिस्पर्धामा जित हासिल मिल्ने तथा सरकारी काममा जिम्मेवारी रहनेछ । साताको मध्यमा भने खानपिनको मज्जा मिल्ने एवं प्रियजनसँग रमाइलो हुनेछ व्यापार क्षेत्र एवं खाद्यान्न क्षेत्रबाट राम्रो आम्दानी  हुनेछ । सरकारी व्यक्तिले साथ दिनाले रोजगारीको बाटो मिल्नेछ । साताको अन्त्यमा भने, काम बिग्रिने एवं स्वास्थ्यमा समस्या आउनेछ ।

सिंह – विद्याध्ययनमा प्रगति हुनेछ । कला, संगीतमा सम्मान मिल्ने एवं सामाजिक काममा व्यस्तता बढ्नेछ । सन्तानको सहयोगले काममा सहायता हुनेछ । यात्रामा सामान्य चोटपटकको भय रहन्छ । पैतृक सम्पत्तिमा मनमुटाव बढ्ने एवं मातापितासँग सम्बन्ध बिग्रिनेछ । साताको मध्यमा भने घरबाहिरको काममा रुचि हुने तथा स्वास्थ्यमा प्रगति हुनेछ । साताको अन्त्यमा भने रमाइलो हुने एवंसाथीभाइसँग रमाइलोमा खर्च हुनेछ । नयाँ मित्रता गाँसिने एवंनयाँ दोस्ती शुरुवात हुनेछ ।

कन्या – साताको शुरुमा घरायसी समस्याले पिरोल्नेछ । निजी काममा चिन्ता थपिने एवं चिसोको बाधा रहनेछ । साताको मध्यमा भने सन्तानबाट खुशीको खबर मिल्नेछ । व्यवसायमा सामान्य लाभ एवं धनको कारोबार बढ्नेछ । जीवनसाथीसँग भने सामान्य विवाद बढ्ने एवं पिताजीको स्वास्थ्यमा गडबड रहनेछ । धार्मिक रुचि भने बढ्ने एवं साताको अन्त्यमा भने स्वास्थ्यमा सुधार तथा काममा खुशी मिल्नेछ ।

तुला – छोटो यात्राको अवसर आउनेछ । काममा जिम्मेवारी थपिने एवं नयाँ कामको शुरुवात हुनेछ । साताको मध्यमा भने मानसिक अशान्ति बढ्ने एवं मित्रजनबाट सामान्य असहयोग हुनेछ । स्वास्थ्यमा बाधा एवं पारिवारिक कामले खर्च बढ्नेछ । विद्याध्ययनमा रोकावट एवं वैदेशिक फाइदा मिल्नेछ । बोलीबचनको कारणले मित्रता टुट्न सक्ने एवं आर्थिक हिसाबकिताबमा सामान्य विवाद रहनेछ ।

वृश्चिक – मिठो भोजन एवं सामाजिक काममा सहभागिता मिल्नेछ । बोलीबचनको प्रभावले ठूलाबडासँग सम्बन्ध अगाडि बढ्नेछ । धनको प्राप्ति हुनेछ । साताको मध्यमा भने स्थान परिवर्तन हुने एवं कामको बोझ थपिनेछ । जीवनसाथीको स्वास्थ्यमा समस्या एवं यात्रामा कठिनाइ हुनेछ । साताको अन्त्यमा, घरायसी समस्या बल्झिने एवं शंकाले बाधा गर्नेछ ।

धनु– हडबडमा काम बिग्रिनेछ । एकैचोटी योजना बनाउँदा मुख्य काम छुट्न सक्नेछन् । नयाँ काममा योजना हुने, पारिवारिक रमाइलो मिल्ने एवं धनको हानि हुनेछ । प्रेममा प्रगति मिल्ने एवंजीवनसाथीको सहयोगले अधुरा काम पूरा हुनेछन् । सामान्य चोटपटकको भय एवं सन्तानको स्वास्थ्यमा कमजोरी रहनेछ ।

मकर– खानपिनमा खर्च बढी हुनेछ । स्वास्थ्य बाधा गर्ने एवं सञ्चित धनको क्षय हुनेछ । विद्याध्ययनमा रुचि एवं परोपकार क्षेत्रमा प्रतिष्ठा मिल्नेछ । कृषि, पशु, चौपायाबाट आम्दानी हुनेछ । दाजुभाइको सहयोग मिल्ने तथा घरायसी काममा प्रगति हुनेछ । भोजनको गडबडले पाचन शक्तिमा समस्या आउनेछ । साताको अन्त्यमा भने मनोरन्जनको योग रहेको छ ।

कुम्भ– व्यवसायमा राम्रो लाभ मिल्नेछ। सोचेको कुरा पुग्ने एवं आर्थिक लाभ हुनेछ। तरल पदार्थ, खाद्यान्न व्यवसाय एवं जडिबुटीको कारोबारमा आम्दानी . हुनेछ । साताको मध्यमा भने  बढी खर्च हुने एवं अरुले धनको आश गर्नेछन्। लेनदेनमा विवाद आउनेछ। जग्गाजमिन एवं पैतृक सम्पत्तिमा विवादको योग बन्नेछ। रिसको आवेगमा मित्रता टुट्न सक्नेछ। साताको अन्त्यमा भने काममा प्रगति मिल्ने एवम मनोरञ्जनमा खर्च बढ्नेछ।

मीन– राजनीति एवं सरकारी क्षेत्रमा जिम्मेवारी बढ्नेछ । ठूलाबडाले साथ दिने एवं काम र प्रतिस्पर्धामा जस मिल्नेछ । साताको मध्यमा भने आम्दानीको स्तर बढ्ने, धनसम्पत्ति संकलन हुने एवं भोजनको सुख मिल्नेछ । शिर दर्द एवं नाक, कान, घाँटीको समस्याले सताउनेछ । दाजुभाइको स्वास्थ्यमा सामान्य बाधा एवं धार्मिक रुचिकेो योग बन्नेछ ।

प्रकाशित : २०७६ चैत २८ गते ७:५८
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI