No ads found for this position

कोरोनाबाट मृत्यु हुनेको संख्या ९५ हजार नाघ्यो

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत २८ गते ८:०७
No ads found for this position
कोरोनाबाट मृत्यु हुनेको संख्या ९५ हजार नाघ्यो
No ads found for this position

विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुने मानिसको संख्या ९५ हजार नाघेको छ। वोर्ल्डोमिटरमा रहेको तथ्यांकअनुसार अहिलेसम्म यो भाइरसबाट मृत्यु हुने मानिसको संख्या ९५ हजार ७ सय २२ रहेको छ।

भाइरसबाट अहिलेसम्म इटालीमा सबैभन्दा धेरै १८ हजार दुई सय ७९ जनाको मृत्यु भएको छ। त्यस्तै सबैभन्दा धेरै मानिसको मृत्यु हुने मुलुकमा अमेरिका दोस्रो स्थानमा आइपुगेको छ। अमेरिकामा अहिलेसम्म १६ हजार ६ सय ९१ जनाको भाइरसको कारण मृत्यु भइसकेको छ। त्यस्तै स्पेनमा पनि मृत्यु हुनेको संख्या १५ हजार चार सय ४७ पुगेको छ भने फ्रान्समा १२ हजार दुई सय १० जनाको मृत्यु भएको छ।

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि १६ लाख नाघिसकेको छ। अहिलेसम्मको तथ्यांकअनुसार विश्वभर १६ लाख ०३ हजार ७ सय १९ मानिस यो भाइरसबाट संक्रमित भएका छन्।

अहिलेसम्म विश्वभर तीन लाख ५६ हजार ६ सय ५५ संक्रमित निको भइसकेका छन् ।

प्रकाशित : २०७६ चैत २८ गते ८:०७
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI