कोरोनाले भारतमा एकै दिनमा ४८ जनाको मृत्यु, ८ सय बढी संक्रमित

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत २८ गते ८:१४
कोरोनाले भारतमा एकै दिनमा ४८ जनाको मृत्यु, ८ सय बढी संक्रमित

भारतमा कोरोना भारइरसको फैलावट उच्च दरमा देखिएको छ। पछिल्लो १ दिनमा कोरोनाको कारण अहिलेसम्मकै धेरै संक्रमित र मृत्यु देखिएको छ। १ दिनमा मात्रै संक्रमित ४८ जानाको मृत्यु भएको छ। एक दिनको अवधिमा ८ सय ९ जना संक्रमित भएका छन्।

अहिलेसमम भारतमा ६ हजार ७ सय २५ जना संक्रमित भएका छन् भने मृतकको संख्या २ सय २६ पुगेको छ। यसरी भारतका अरु राज्यहरुको तुलनामा महाराष्ट्र सबैभन्दा बढी प्रभावित भएको देखिएको समाचारमा जनाइएको छ।

भारतमा गत २४ मार्चदेखि लागू गरिएको तीन साता लामो लकडाउन कायम छ । लकडाउन सकिन अझै एक साता बाँकी रहे पनि केही राज्यहरूले संक्रमण बढ्दै गएपछि लकडाउनलाई निरन्तरता दिने घोषणा गरिसकेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार विपक्षी दलका नेता तथा संसद्मा रहेका अन्य पार्टीका प्रतिनिधिहरूसँगको भिडियो संवादमा कोरोना संक्रमण रोक्न लकडाउन लम्ब्याउने संकेत गरेका छन्। 

प्रकाशित : २०७६ चैत २८ गते ८:१४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI