No ads found for this position

खाडीमा मात्रै ५० लाख रोजगारी गुम्न सक्छ : आइएलओ

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत २८ गते ८:१९
No ads found for this position
खाडीमा मात्रै ५० लाख रोजगारी गुम्न सक्छ : आइएलओ
No ads found for this position

अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ)ले खाडी राष्ट्रमा मात्रै ५० लाख रोजगारी गुम्न सक्ने भन्दै चिन्ता प्रकट गरेको छ। संगठनले हालै सार्वजनिक गरेको अध्ययनअनुसार २०२० अप्रिलदेखि जुनसम्म खाडी मुलुकहरुमा मात्रै ५० लाख श्रमिकहरुले रोजगारी गुम्न सक्ने देखिएको छ। 

आइएलओले यसअघि नै प्रारम्भिक अध्ययन सार्वजनिक गर्दै विश्वभर २५ करोड श्रमिकको पूर्ण रुपमा रोजगारी गुम्ने उल्लेख गरेको थियो। आइएलओले मंगलबार सार्वजनिक गरेको अध्ययनअनुसार खाडी क्षेत्रमा ५० लाख श्रमिकले पूरा समय खट्ने समय बराबरको रोजगारी गुम्ने भन्दै चिन्ता प्रकट गरेको हो। 

अध्ययनले यूरोपमा १ करोड २० लाख श्रमिकले पूरा समय खट्ने समय बराबरको रोजगारी गुम्न सक्ने समेत आँकलन गरेको छ। एसिया- प्रशान्त क्षेत्रमा १ करोड २५ लाख बराबर रोजगारी गुम्न सक्ने भनिएको छ। आइएलओले यसअघि गरेको अध्ययनमा सन् २००८/२००९ को विश्वव्यापी वित्तीय संकटले निम्त्याएको बेरोजगारी समस्याका तुलनामा केही कमी हुने उल्लेख गरेको थियो। 

यद्यपि, अहिलेको बेरोजगारी समस्या सो वित्तीय संकटको बेलाभन्दा पनि बढ्ने आइएलओको अनुमान छ। कोरोना भाइरसका कारण अहिले विश्वमा ८१ प्रतिशत मानिस पूर्ण वा आंशिक बेरोजगारी बनेका छन्।

नेपाली श्रमिकहरूको ठूलो हिस्सा खाडीमा खट्ने गरेको छ। खाडीमा रोजगारी कटौंतीको प्रत्यक्ष असर नेपाली अर्थतन्त्रमा पर्ने गरेको छ। स्रोत- नेपाल लाईभ

प्रकाशित : २०७६ चैत २८ गते ८:१९
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI