No ads found for this position

आजको मौसम: आंशिक बदली सहित एक-दुई स्थानमा मेघगर्जन र चट्याङ

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत २८ गते ८:३७
No ads found for this position
आजको मौसम: आंशिक बदली सहित एक-दुई स्थानमा मेघगर्जन र चट्याङ
No ads found for this position

मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान गरेको छ। महाशाखाका अनुसार हाल देशमा स्थानिय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

यसैगरी, हाल देशका पश्चिमी भू–भाग तथा पहाडी भू–भागका थोरै स्थानमा आंशिक बदली र बांकी भू–भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ। 

महाशाखाले शुक्रबार दिउँसोको देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही एक÷दुई स्थानमा मेघगर्जन,चट्याङ र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको उल्लेख गरेको छ। 

यस्तै, राति देशको पश्चिमी भू–भागमा आंशिक बदली  रही बांकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। भने, पश्चिमी पहाडी भू–भागका एक-दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

प्रकाशित : २०७६ चैत २८ गते ८:३७
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI