No ads found for this position

गैंडाकोटका युवाले सुरु गरे “विपत्तिमा हामी” अभियान

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत २८ गते ९:२३
No ads found for this position
No ads found for this position

अजय पौडेल / गैंडाकोट
गैंडाकोटका युवाहरूले`विपत्ति मा हामी´ अभियान शुरु गरेका छ्न । अभियानमा आवद्ध युवाहरुले बिहिवार बाट गैंडाकोटका विभिन्न स्थानमा (डिसइन्फेक्सन स्प्रे) किटनासक औषधी छर्दै अभियानको सुरुवात गरेका हुन । अभियानमा अन्तर्गत गैंडाकोट नगरपालिकाका विभिन्न वडा र भिडभाड बढी हुने विभिन्न स्थानमा (डिसइन्फेक्सन स्प्रे) किटनासक औषधी छर्ने कामको सुरुवात आजबाट गरिएको हो ।

गैंडाकोट वडा नम्बर २ बाट डिसइन्फेक्सन छर्ने कामको सुरुवात गरेको समूहका संयोजक गोकुल सापकोटाले जानकारी दिनुभयो ।

सरकारले गरेको निर्देशनलाई पालना गर्दै सबै गैंडाकोट बासिहरुलाइ सुरक्षित रहन समुहले आग्रह गरेको छ । केही समयपछि नगरपालिकासंग समन्वय गरि राहतका कार्यक्रमहरु पनि लिएर आउने समूहले बताएको छ । गैंडाकोट आसपासमा कसैलाइ आपतबिपत परेमा आफुहरुलाइ सम्पर्क गर्न आग्रह गर्दै सबैको बिपत्तिको घडिमा आफुहरुको सधैं साथ र सहयोग रहने समुहले बताएको छ ।

नेपाली काङ्ग्रेस गैंडाकोट नगर समितीका सभापति तारापती खरेलको समेत सहभागिता रहेको सो समूहमा बद्री सापकोटा,राजेश पौडेल ,सरोज चालिसे,राम तिवारी,इस्वर पौडेल, ईश्वर रिमाल,हरी पौडेल ,रमेश कोइराला ,दिनुराम सापकोटा प्रकाश भुसाल ,हरिराम सापकोटा ,यदुनाथ सापकोटा ,गोपाल सापकोटा,रोजन घिमिरे लगायतको सहभागिता रहेको छ ।

प्रकाशित : २०७६ चैत २८ गते ९:२३
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI