काङ्ग्रेस सांसदले १५ दिनको पारिश्रमिक दिने

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत २८ गते १२:३६
काङ्ग्रेस सांसदले १५ दिनको पारिश्रमिक दिने

रासस। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा आफ्ना  सांसदको १५ दिनको पारिश्रमिक बराबरको रकम कट्टा गरी पठाउन पत्राचार गरेको छ।

कांग्रेस संसदीय दलले सरकारले स्थापना गरेको सो कोषमा सहयोग गर्ने यस अघिको निर्णयअनुसार उक्त रकम कट्टा गरी कोषमा पठाउन संघीय संसद सचिवालयलाई पत्राचार गरेको जनाएको छ। सो दलले पत्राचार गरेअनुसार रकम कट्टा गरी यथाशिघ्र कोषमा पठाउने प्रक्रिया बढाउने  सचिवालयले जानकारी दिएको छ।

प्रकाशित : २०७६ चैत २८ गते १२:३६
Copyright © 21 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI